News Portal

गिरीबन्धु टी इस्टेट प्रकरण: प्रधानमन्त्रीविरुद्ध अवहेलनामा स्पष्टीकरण माग

गिरीबन्धु टी इस्टेटको जग्गासम्बन्धी मुद्दामा फैसला कार्यान्वयन नगरेको आरोपमा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित स्पष्टीकरण मागेको छ।

संगीता गुरुङ
२०० पटक

काठमाडौं, ५ फागुन – गिरीबन्धु टी इस्टेटको जग्गासम्बन्धी मुद्दामा फैसला कार्यान्वयन नगरेको आरोपमा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित स्पष्टीकरण मागेको छ।

न्यायाधीश शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र भूमिव्यवस्था मन्त्रालयलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो। साथै, अदालतले सम्बन्धित मुद्दाको सक्कल फाइल झिकाउन निर्देशन दिएको छ।

गिरीबन्धु टी इस्टेटसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि दिएको फैसलालाई कार्यान्वयन नगरी भूमि हदबन्दी खुकुलो बनाउने अध्यादेश जारी गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्रीविरुद्ध अवहेलनाको मुद्दा दायर गरेका थिए।

यस विषयमा सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीलाई अदालतको आदेशको पालना नगरेको कारण देखाउँदै अवहेलनामा कारबाही किन नगर्ने भनी स्पष्टीकरण मागेको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...