News Portal

गिरीबन्धु टी इस्टेट प्रकरण: प्रधानमन्त्रीविरुद्ध अवहेलनामा स्पष्टीकरण माग

गिरीबन्धु टी इस्टेटको जग्गासम्बन्धी मुद्दामा फैसला कार्यान्वयन नगरेको आरोपमा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित स्पष्टीकरण मागेको छ।

संगीता गुरुङ
२६२ पटक

काठमाडौं, ५ फागुन – गिरीबन्धु टी इस्टेटको जग्गासम्बन्धी मुद्दामा फैसला कार्यान्वयन नगरेको आरोपमा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित स्पष्टीकरण मागेको छ।

न्यायाधीश शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र भूमिव्यवस्था मन्त्रालयलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो। साथै, अदालतले सम्बन्धित मुद्दाको सक्कल फाइल झिकाउन निर्देशन दिएको छ।

गिरीबन्धु टी इस्टेटसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि दिएको फैसलालाई कार्यान्वयन नगरी भूमि हदबन्दी खुकुलो बनाउने अध्यादेश जारी गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्रीविरुद्ध अवहेलनाको मुद्दा दायर गरेका थिए।

यस विषयमा सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीलाई अदालतको आदेशको पालना नगरेको कारण देखाउँदै अवहेलनामा कारबाही किन नगर्ने भनी स्पष्टीकरण मागेको हो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...