News Portal

कुम्भमेला फर्कँदै गर्दा तिर्थालुको गाडी दुर्घटना, तीन जनाको मृत्यु

कुम्भमेला स्नान गर्न भारत गएका तिर्थालुहरूको गाडी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ।

संगीता गुरुङ
२७५ पटक

बुटवल, ५ फागुन – कुम्भमेला स्नान गर्न भारत गएका तिर्थालुहरूको गाडी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ। रुपन्देहीको देवदह नगरपालिका वडा नं ९ का गणेश खनाल (४५ वर्ष), उनकी पत्नी दिपा खनाल (३५ वर्ष) र गीता शर्मा (४० वर्ष) गम्भीर घाइते भएका थिए र उपचारको क्रममा मृत्यु भएका हुन्।

कुम्भमेला भ्रमणपछि फर्किरहेको गाडी भारतको उत्तर प्रदेशको आजमगढ बाराणसी रोडमा डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा सवारी चालक सहित पाँच जना अन्य घाइते भएका छन्, जसमा देवदह–९ की कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र भारतीय नागरिक सवारी चालक रितेश दुबे पर्नु भएको छ।

घटना पुष्टि गर्दै देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले तीन जनाको मृत्यु भएको जानकारी दिएका छन्। भारतीय प्रहरीले घटनाको विस्तृत जाँच कार्य जारी राखेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...