News Portal

कुम्भमेला फर्कँदै गर्दा तिर्थालुको गाडी दुर्घटना, तीन जनाको मृत्यु

कुम्भमेला स्नान गर्न भारत गएका तिर्थालुहरूको गाडी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ।

संगीता गुरुङ
२०९ पटक

बुटवल, ५ फागुन – कुम्भमेला स्नान गर्न भारत गएका तिर्थालुहरूको गाडी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ। रुपन्देहीको देवदह नगरपालिका वडा नं ९ का गणेश खनाल (४५ वर्ष), उनकी पत्नी दिपा खनाल (३५ वर्ष) र गीता शर्मा (४० वर्ष) गम्भीर घाइते भएका थिए र उपचारको क्रममा मृत्यु भएका हुन्।

कुम्भमेला भ्रमणपछि फर्किरहेको गाडी भारतको उत्तर प्रदेशको आजमगढ बाराणसी रोडमा डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा सवारी चालक सहित पाँच जना अन्य घाइते भएका छन्, जसमा देवदह–९ की कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र भारतीय नागरिक सवारी चालक रितेश दुबे पर्नु भएको छ।

घटना पुष्टि गर्दै देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले तीन जनाको मृत्यु भएको जानकारी दिएका छन्। भारतीय प्रहरीले घटनाको विस्तृत जाँच कार्य जारी राखेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...