News Portal

नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा एक महिला पक्राउ

नाबालिकालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा काठमाडौंको ठमेलबाट एक महिला पक्राउ परेकी छिन्।

संगीता गुरुङ
२५६ पटक

फाल्गुन ५, काठमाडौं – नाबालिकालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा काठमाडौंको ठमेलबाट एक महिला पक्राउ परेकी छिन्। काठमाडौँ महानगरपालिका-२६ सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाकी संचालिका काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-५ घर भएकी ४१ वर्षीया स्मृति उर्फ रमिला गौतमलाई प्रहरीले पक्राउ गरेको हो।

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले पीडितको उजुरीको आधारमा रमिलालाई नियन्त्रणमा लिएको जनाएको छ। उनलाई स्पामा जागिर दिने बहानामा आर्थिक प्रलोभनमा पारेर ग्राहकहरूसँग जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोप लागेको छ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा रमिलामाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा अनुसन्धान जारी राखेको छ। यसका लागि जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...