News Portal

  • ठमेलमा प्रहरी कुटपिट प्रकरण: अखिल नेता जोशीलाई जोगाउन कागजातमा हेरफेर

    ठमेलमा दुई प्रहरीमाथि कुटपिट भएको घटनामा संलग्न रहेको आरोप लागेका अखिल नेता कमलराज जोशीलाई जोगाउन प्रहरीले कागजातमा हेरफेर गरेको खुलासा भएको छ।

    संगीता गुरुङ
    १९८ पटक

    काठमाडौं, ४ फागुन – ठमेलमा दुई प्रहरीमाथि कुटपिट भएको घटनामा संलग्न रहेको आरोप लागेका अखिल नेता कमलराज जोशीलाई जोगाउन प्रहरीले कागजातमा हेरफेर गरेको खुलासा भएको छ। २४ माघको राति ठमेलमा ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण भएपछि दरबारमार्ग प्रहरी वृत्तले २५ माघमा पक्राउ पुर्जीको लागि अनुमति माग्न कागजात तयार पारेको थियो।

    प्रारम्भिक रूपमा अभद्र व्यवहारको अभियोगमा पाँच जनाको नाममा पक्राउ अनुमति माग्ने तयारी भएको थियो। सो सूचीमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीको नाम पहिलो स्थानमा राखिएको थियो। तर, ‘माथिल्लो तह’बाट दबाब आएपछि कागजात सच्याएर जोशीको नाम हटाइएको र बाँकीको हकमा मात्रै पक्राउ अनुमति मागिएको पाइएको छ।

    प्रहरी स्रोतका अनुसार आक्रमणको मुख्य योजनाकार जोशी भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आए पनि राजनीतिक दबाबका कारण उनलाई कानुनी कारबाहीबाट जोगाइएको थियो। यस घटनामा ताप्लेजुङका दिनेश सिग्देल, डडेल्धुराका रमेश फुलारा, नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाहीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

    पक्राउ पुर्जी जारी गरिएका व्यक्तिमध्ये सिग्देल र फुलारा पक्राउ परिसकेका छन् भने जोशीविरुद्ध भने कुनै कानुनी प्रक्रिया अघि बढाइएको थिएन। संसदमा जोशीलाई उन्मुक्ति दिएको विषयमा चर्को आलोचना भएपछि १ फागुनमा नयाँ बानेश्वरबाट उनलाई पक्राउ गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिनको म्याद लिएर हाल उनीमाथि अनुसन्धान भइरहेको छ।

    २४ माघको राति जोशीको समूहले दरबारमार्गस्थित केशरमहलबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टिममाथि आक्रमण गरेको थियो। आक्रमणको क्रममा प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट खोसिएको र कुटपिट गरिएको सीसीटीभी फुटेजमा देखिन्छ।

    उक्त सीसीटीभी फुटेज सार्वजनिक भएपछि घटनामा संलग्न जोशीमाथि कारबाहीको माग बढेको छ। यद्यपि, पीडित प्रहरीहरूमाथि नै छानबिन अघि बढाइएको जानकारी प्राप्त भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...