News Portal

गुल्मीमा डोजरले ढुङ्गा खसाल्दा विद्यालय जाँदै गरेकी बालिकाको मृत्यु

गुल्मीको इस्मा गाउँपालिका-२ मा बाटो खन्ने क्रममा डोजरले ढुङ्गा खसाल्दा एक बालिकाको ज्यान गएको छ।

संगीता गुरुङ
१७५ पटक

फाल्गुन ४, बुटवल – गुल्मीको इस्मा गाउँपालिका-२ मा बाटो खन्ने क्रममा डोजरले ढुङ्गा खसाल्दा एक बालिकाको ज्यान गएको छ। छल्दीबाट हस्ति चौरतर्फ जाने भित्री मिटर बाटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले विद्यालय जाँदै गरेकी ८ वर्षीया विष्णु कुमाललाई थिचेको थियो। उनी छल्दीटारका ज्ञान बहादुर कुमालकी छोरी हुन्।

गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि गुल्मी अस्पताल पुर्याइएको थियो, तर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार घटनामा जेसीबी चालकको लापरबाहीको आशंका गरिएको छ। मकवानपुरको ईन्द्रचौर गाउँपालिका-४, सिस्नेरीका ३६ वर्षीय चालक राजेश रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

स्थानीयले पनि चालकको लापरबाहीकै कारण घटना भएको आरोप लगाएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...