News Portal

विभिन्न स्थानबाट लागू औषधसहित ६ जना पक्राउ

लागू औषध नियन्त्रण अभियानअन्तर्गत देशका विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन्।

संगीता गुरुङ
२२१ पटक

फाल्गुन ४, काठमाडौँ – लागू औषध नियन्त्रण अभियानअन्तर्गत देशका विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११, डोके बजारमा खैरो हेरोइन जस्तो देखिने १ ग्राम २० मिलिग्राम लागू औषध सहित कैलाली धनगढी उपमहानगरपालिका–५ का २३ वर्षीय अशोक पाण्डेलाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको हो। लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर शाखा र प्रहरी चौकी परासनको संयुक्त टोलीले उनलाई भारतबाट नेपालतर्फ आउँदै गर्दा पक्राउ गरेको जनाइएको छ।

यस्तै, झापाको झापा गाउँपालिका–४, टाघनडुब्बामा १ ग्राम ६२ मिलिग्राम ब्राउनसुगर सहित मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का २४ वर्षीय दिपिन माझीलाई शनिबार साँझ पक्राउ गरिएको छ। उनी पनि भारतबाट पैदल आउँदै गर्दा पक्राउ परेका हुन्।

त्यसैगरी, झापाकै अर्जुनधारा नगरपालिका–११, बगान क्षेत्रमा १ ग्राम ७२० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँका २९ वर्षीय मनिष प्रधान र ४० वर्षीय वीरेन उराउलाई प्रहरीले गएराति नियन्त्रणमा लिएको छ।

मकवानपुरको थाहा नगरपालिका–२, इन्द्रायणी बस्तीबाट ट्रामाडोल १०० ट्याब्लेट, स्पास्मो ३० ट्याब्लेट, र स्टागन ५० ट्याब्लेट सहित सोही ठाउँका २७ वर्षीय दिनेश देउला शनिबार साँझ पक्राउ परेका छन्।

यस्तै, तनहुँको आँबुखैरेनी गाउँपालिका–४, बेनिटारमा ट्रामाडोल १०५ क्याप्सुल सहित मंगला गाउँपालिका–२ का २० वर्षीय अविषेक खड्कालाई आइतबार बिहान पक्राउ गरिएको हो। उनी काठमाडौँबाट म्याग्दीतर्फ जाँदै गरेको बसमा सवार थिए।

पक्राउ परेका सबैको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...