News Portal

पेट्रोल सकिएपछि नयाँ गाडी चोरेर भाग्ने युवक पक्राउ

विराटनगरमा शोरुमबाट नयाँ गाडी चोरेर भाग्ने युवक पक्राउ परेका छन्।

संगीता गुरुङ
४७९ पटक

विराटनगर, २ फागुन – विराटनगरमा शोरुमबाट नयाँ गाडी चोरेर भागेका मन्तोषकुमार बिन पेट्रोल सकिएपछि समातिएका छन्। विराटनगर महानगरपालिका–३, पिपल चोकनजिक रहेको पूजा इन्टरनेसनल नेपाल प्रालिको फोक्स बगान कम्पनीको शोरुमबाट बिहीबार राति गाडी चोरी भएको थियो।

मध्यरातमा शोरुममा प्रवेश गरेर सिसा फुटाउँदै मन्तोषले बा ०१३० च ८५८१ नम्बरको नयाँ गाडी चोरेका थिए। गाडीमा सामान हालेर उनले भारततर्फ भाग्न खोजेका थिए। तर, पेट्रोल सकिएपछि गढी गाउँपालिका–५ को भित्री सडकमा गाडी रोकियो र उनी पक्राउ परे।

शुक्रबार बिहान शोरुम सञ्चालकले गाडी हराएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। जानकारी पाएलगत्तै प्रहरी टोलीले खोजी सुरु गरेको थियो। दिउँसो सुनसरीमा शंकास्पद अवस्थामा गाडी फेला परेपछि प्रहरीले मन्तोषलाई पक्राउ गर्‍यो।

चोरीमा संलग्न मन्तोष गढी गाउँपालिका–४ का स्थायी बासिन्दा हुन् र हाल विराटनगर–४ मा बस्दै आएका थिए।

प्रहरीका अनुसार गाडीसँगै चाबी पनि शोरुममै छोडिएकाले चोरी गर्न सजिलो भएको थियो। चोरी भएको गाडीको मूल्य करिब ८० लाख रुपैयाँ रहेको छ।

मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीले पक्राउ परेका मन्तोषकुमार बिनमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...