News Portal

खुमन अधिकारीले कुबेतमा अंग्रेजी नयाँ बर्ष २०१९ मा धमका मच्चाउने

हिमाली संचार संवाददाता
१६२३ पटक

कुवेत, २२ नोभेम्बर : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुबेतको आयोजनामा अंग्रेजी नयाँ बर्ष २०१९ भब्यता साथ मनाईने भएको छ।

आउदो जनवरी ४ तारिख शुक्रबार हुने बृहत सांगीतिक कार्यक्रममा लाखौं दर्शक श्रोताहरुको मन जित्न सफल बहुचर्चित गायक खुमन अधिकारीको साथमा मनाइने भएको हो । गायक अधिकारी संगै स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने संस्थाका अध्यक्ष डोलराज न्यौपानेले जानकारी दिए।

हिमाली संचार डटकम संगको कुराकानीमा हप्ताभरी काम गरेको थकान मेटाउन र प्रवासमा भएपनी नेपाल कै आभास दिलाउन बिगतका बर्षहरु झै यो बर्ष पनि अंग्रेजी नयाँ बर्ष २०१९ मनाउन लागिएको अध्यक्ष न्यौपानेले बताए । साथै उक्त अबसरमा सस्थाको बार्षिक उत्सव पनि मनाईने उनले बताए।

अध्यक्ष न्यौपानेले कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहेको बताउदै कुवेतस्थित कृयाशिल सम्पूर्ण संघसंस्थाहरु, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी, व्यावसायिका साथै कुवेतबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिका लागी अनुरोध समेत गरेका छन।

तपशिल

मिति : २०१९ जनवरी ४ तारिख शुक्रबार
समय : बिहान ठिक १२ बजे
स्थान : हवाली स्थित बोय स्काउट थियटरमा(सेन्टर पोइन्टको अगाडी)
आयोजक : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुबेत।

प्रतिकृया दिनुहोस्

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...

देउवा–कोइराला भेट: नम्बरविहीन फारमले महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी

काठमाडौं, पुष १ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको...