News Portal

खुमन अधिकारीले कुबेतमा अंग्रेजी नयाँ बर्ष २०१९ मा धमका मच्चाउने

हिमाली संचार संवाददाता
१६२७ पटक

कुवेत, २२ नोभेम्बर : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुबेतको आयोजनामा अंग्रेजी नयाँ बर्ष २०१९ भब्यता साथ मनाईने भएको छ।

आउदो जनवरी ४ तारिख शुक्रबार हुने बृहत सांगीतिक कार्यक्रममा लाखौं दर्शक श्रोताहरुको मन जित्न सफल बहुचर्चित गायक खुमन अधिकारीको साथमा मनाइने भएको हो । गायक अधिकारी संगै स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने संस्थाका अध्यक्ष डोलराज न्यौपानेले जानकारी दिए।

हिमाली संचार डटकम संगको कुराकानीमा हप्ताभरी काम गरेको थकान मेटाउन र प्रवासमा भएपनी नेपाल कै आभास दिलाउन बिगतका बर्षहरु झै यो बर्ष पनि अंग्रेजी नयाँ बर्ष २०१९ मनाउन लागिएको अध्यक्ष न्यौपानेले बताए । साथै उक्त अबसरमा सस्थाको बार्षिक उत्सव पनि मनाईने उनले बताए।

अध्यक्ष न्यौपानेले कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहेको बताउदै कुवेतस्थित कृयाशिल सम्पूर्ण संघसंस्थाहरु, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी, व्यावसायिका साथै कुवेतबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिका लागी अनुरोध समेत गरेका छन।

तपशिल

मिति : २०१९ जनवरी ४ तारिख शुक्रबार
समय : बिहान ठिक १२ बजे
स्थान : हवाली स्थित बोय स्काउट थियटरमा(सेन्टर पोइन्टको अगाडी)
आयोजक : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुबेत।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...