News Portal

बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा अनुसन्धान अघि बढ्यो

बालमन्दिरको जग्गा भाडामा लगाउने क्रममा अनियमितता भएको आरोपसँगै राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान सुरु गरेको छ।

संगीता गुरुङ
२२३ पटक

फाल्गुन २, काठमाडौँ – बालमन्दिरको जग्गा भाडामा लगाउने क्रममा अनियमितता भएको आरोपसँगै राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान सुरु गरेको छ। नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा आर्थिक हिनामिना भएको आशङ्का गरिएको छ भने यसमा संलग्न भनिएकी तत्कालीन अध्यक्ष रिता सिंह वैद्यलाई उन्मुक्ति दिएको विषयमा आयोगले छानबिन अघि बढाएको हो।

सरकारी वकिल कार्यालय, काठमाडौँले सत्ता र प्रभावको आडमा वैद्यमाथि मुद्दा नचलाउने निर्णय गरेपछि यो प्रकरण थप विवादमा आएको थियो। सोही निर्णय बाहिरिएपछि आयोगले स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गर्दै छानबिन थालेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिएका छन्।

आयोगले उच्च सरकारी वकील कार्यालय पाटन र जिल्ला सरकारी वकील कार्यालय काठमाडौँसँग निर्णयसम्बन्धी प्रतिलिपि मागेको छ। साथै, केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जलाई पनि अनुसन्धानसम्बन्धी सम्पूर्ण दस्तावेज सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरिएको छ।

यस प्रकरणको विस्तृत छानबिनपश्चात् थप विवरणहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...