News Portal

पोखरामा वायु प्रदूषणको स्तर उच्च, जनस्वास्थ्यमा गम्भीर असर पर्ने खतरा

पोखरामा वायु प्रदूषणको मात्रा उच्च स्तरमा पुगेको छ, जुन जनस्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ।

संगीता गुरुङ
१८२ पटक

पोखरा, फाल्गुन २ – पोखरामा वायु प्रदूषणको मात्रा खतरनाक स्तरमा पुगेको छ। वातावरण विभागको वायु गुणस्तर निगरानी अनुसार पोखराको गण्डकी बोर्डिङ स्कुल केन्द्रमा शुक्रबार बिहान ६ बजे वायु शुद्धता सूचकांक (AQI) २०७ मापन गरिएको छ, जुन जनस्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ।

लगातार तीन दिनदेखि पोखरामा वायु प्रदूषणको मात्रा उच्च रहँदै आएको छ। भक्तपुरमा AQI १८७, शंखपार्कमा १८६, ललितपुरको भैंसेपाटीमा १७६, रत्नपार्कमा १७४, खुमलटारमा १७२, भरतपुरमा १६५, धनगढीमा १६४ र हेटौंडामा १६१ पुगेको वातावरण विभागले जनाएको छ।

वायु शुद्धता सूचकांक ०–५० सम्म सुरक्षित, ५१–१०० सम्म सामान्य, १०१–१५० सम्म संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० सम्म अस्वस्थ, २०१–३०० सम्म अत्यन्त अस्वस्थ र ३०१ भन्दा माथि खतरनाक मानिन्छ।

नेपालको वायु प्रदूषणको अवस्था यति गम्भीर बनेको छ कि विश्वको सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा नेपाल चौथो स्थानमा परेको छ। आइक्यु एयरको तथ्यांकअनुसार पहिलो स्थानमा पाकिस्तानको लाहोर, दोस्रोमा चीनको वुहान, तेस्रोमा इराकको बग्दाद र चौथोमा काठमाडौं रहेका छन्।

विशेषज्ञहरूका अनुसार हिउँदे वर्षा नहुँदा र सडक तथा पूर्वाधार निर्माणको चाप बढेकाले वायु प्रदूषणको स्तर उच्च बनेको हो। साथै, सहरी क्षेत्रमा सवारीसाधनको चाप र उच्च पहाडी तथा मध्य पहाडी क्षेत्रमा डढेलोको घटनाले पनि प्रदूषणको मात्रा थप बढाएको बताइएको छ।

यस अवस्थाले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...