News Portal

लक्ष्मी बैंक रंगेली शाखाले जेहेन्दार विद्यार्थीलाई १० हजार सहयोग

लक्ष्मी सनराइज बैंक रंगेली शाखाले पब्लिक उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार एक छात्रालाई एक वर्षका लागि १० हजार ६ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ।

रबिन्द्र बराल
२७८ पटक

फाल्गुन १, मोरङ – लक्ष्मी सनराइज बैंक, रंगेली शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत आज देशभरि विभिन्न कार्यक्रम गरेको छ। बैंकले रंगेली नगरपालिका-६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार एक छात्रालाई एक वर्षका लागि १० हजार ६ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बिहीबार आयोजित कार्यक्रममा कक्षा ५ मा अध्ययनरत लक्ष्मी कुमारी मण्डललाई विद्यालयका शिक्षक-शिक्षिकाहरूले विद्यालयभरि छानोट गरेका हुन्। लक्ष्मी मण्डलको घरको आर्थिक अभाव र ६ वर्षअघि बुबा वैदेशिक रोजगारीमा रहँदा मृत्यु भएपछि आमालाई पालनपोषणमा समस्या भएको देखेपछि तथा उनको पढाइमा लगनशीलता र हरेक क्रियाकलापमा राम्रो प्रदर्शन गरेको कारण विद्यालयले उनलाई सहयोगका लागि छनोट गरेको विद्यालयका शिक्षकले बताए।

उक्त कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक हेमा मिश्रा, इन्जिनियर कमलेश्वर ठाकुर, बैंकका रंगेली प्रबन्धक लक्ष्मीप्रसाद साह, जीवन बराल, वडाध्यक्ष सुरजित मण्डल, विद्यालयका शिक्षक घनश्याम मण्डल, हंसराज राजवंशी, प्रकाश मण्डल, कविता नेपाल, एभिन्युज टेलिभिजनका रविन्द्र बराल लगायतको सहभागिता थियो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...