News Portal

  • नागढुङ्गामा बसबाट ३१८ ग्राम सुन बरामद, दुई भारतीय नागरिक पक्राउ

    काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बसबाट ३१८ ग्राम सुन बरामद भएको छ।

    संगीता गुरुङ
    २१४ पटक

    फाल्गुन १, काठमाडौँ – काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बसबाट ३१८ ग्राम सुन बरामद भएको छ। नागढुङ्गा चेकप्वाइन्टमा गरिएको नियमित चेकजाँचका क्रममा उक्त सुन फेला परेको हो।

    प्रहरीका अनुसार बसको स्लिपर सिटमा सुतिरहेका यात्रु २७ वर्षीय महेश अम्रुत मानी र २४ वर्षीय राहुल खंडु सरकलाले सिरानीमुनी कागजमा बेरेर सुन लुकाएका थिए। उनीहरू भारतका बासिन्दा हुन्।

    बा.प्र. ०१–००२ ख ०५४२ नम्बरको बसलाई लागुऔषध नियन्त्रण ब्युरो र नागढुङ्गा प्रहरी प्रभागको संयुक्त टोलीले जाँच गर्दा सुन बरामद गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको नागढुङ्गा प्रहरीले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर १ गतेको राशिफल

    आज मंसिर १, २०८२ (नोभेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अरबमा नेपाली श्रमिक शोषण तीव्र – धिरेन सुवेदी

    काठमाडौं – अरब मुलुकमा रहेका नेपाली श्रमिकको अवस्था अझै पनि चुनौतीपूर्ण बन्दै गएको छ। चम्किला...

    ‘लेखक र मलाई थुन्नु सुशासन हो?’– ओलीको सरकारप्रति टिप्पणी

    काठमाडौं, कार्तिक ३० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश...

    निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

    काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको...

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...