News Portal

नागढुङ्गामा बसबाट ३१८ ग्राम सुन बरामद, दुई भारतीय नागरिक पक्राउ

काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बसबाट ३१८ ग्राम सुन बरामद भएको छ।

संगीता गुरुङ
२७२ पटक

फाल्गुन १, काठमाडौँ – काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बसबाट ३१८ ग्राम सुन बरामद भएको छ। नागढुङ्गा चेकप्वाइन्टमा गरिएको नियमित चेकजाँचका क्रममा उक्त सुन फेला परेको हो।

प्रहरीका अनुसार बसको स्लिपर सिटमा सुतिरहेका यात्रु २७ वर्षीय महेश अम्रुत मानी र २४ वर्षीय राहुल खंडु सरकलाले सिरानीमुनी कागजमा बेरेर सुन लुकाएका थिए। उनीहरू भारतका बासिन्दा हुन्।

बा.प्र. ०१–००२ ख ०५४२ नम्बरको बसलाई लागुऔषध नियन्त्रण ब्युरो र नागढुङ्गा प्रहरी प्रभागको संयुक्त टोलीले जाँच गर्दा सुन बरामद गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको नागढुङ्गा प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...