News Portal

  • खसीको नाममा बाख्राको मासु बेच्ने व्यवसायी पक्राउ

    वीरगञ्ज महानगरपालिका-१३, प्रतिमा चोकमा खसीको नाममा बाख्राको मासु बिक्री गरेको आरोपमा एक मासु व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।

    संगीता गुरुङ
    १५४ पटक

    माघ ३०, पर्सा – वीरगञ्ज महानगरपालिका-१३, प्रतिमा चोकमा खसीको नाममा बाख्राको मासु बिक्री गरेको आरोपमा एक मासु व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।

    आसमिन फ्रेस हाउसका सञ्चालक ४१ वर्षीय हारून मियाँ अन्सारीले खसीको मासु भनेर बाख्राको मासु बेचिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनलाई मंगलबार नियन्त्रणमा लिएको हो।

    प्रहरीले अनुगमनका क्रममा बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बिक्री गरिरहेको फेला पारेको थियो। पसलबाट १५ किलो बाख्राको मासु बरामद गरिएको छ।

    प्रहरीका अनुसार अन्सारीमाथि कालोबजारीको अभियोगमा अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान जारी राखिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...