News Portal

अदालतबाट पनि छिटो न्यायको अपेक्षा : मेयर बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालमा समयमा न्याय पाउन कठिनाइ रहेको भन्दै अदालतहरूबाट पनि छिटो न्याय निरूपणको अपेक्षा व्यक्त गरेका छन्।

संगीता गुरुङ
२६० पटक

काठमाडौं, ३० माघ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालमा समयमा न्याय पाउन कठिनाइ रहेको भन्दै अदालतहरूबाट पनि छिटो न्याय निरूपणको अपेक्षा व्यक्त गरेका छन्।

मंगलबार ‘न्यायिक समिति: दिग्दर्शन’ पुस्तकको लोकार्पण कार्यक्रममा उनले अदालतहरूभन्दा स्थानीय तहमा रहेका न्यायिक समितिहरूले छिटो न्याय दिने गरेका कारण नागरिकहरूले विश्वास गर्ने गरेको बताए।

उनले काठमाडौं महानगरको न्यायिक समितिले छिटो न्याय निरूपण गर्दै आएको उदाहरण दिँदै अदालतहरूले पनि यसबाट प्रेरणा लिनुपर्ने धारणा राखे। ‘घर नजिकको सरकार भएकाले नागरिकले न्यायिक समितिमा विश्वास गर्छन्। जसरी यहाँ छिटो न्याय दिन सकिन्छ, त्यसैगरी अदालतहरूबाट पनि जनताले समयमै न्याय पाउन सकून्,’ मेयर शाहले भने।

न्यायिक समिति संयोजक तथा उपप्रमुख सुनिता डंगोलका अनुसार हालसम्म महानगरपालिकाको न्यायिक समितिले ८३ पटक सुनवाइ गरी ६०८ वटा विवादमा निरूपण गरेको छ। तीमध्ये ३२६ वटा विवादमा निर्णय भएको र १४१ वटा विवाद मेलमिलापमार्फत समाधान गरिएको जानकारी दिइएको छ।

पुनरावेदनमा परेका १३२ निर्णयमध्ये १५ वटा विवाद टुङ्गिएको र १३ वटा निर्णय पुनरावेदन तहबाट सदर भएको डंगोलले बताइन्।

काठमाडौं महानगरपालिकाले हालसम्म ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा उपलब्ध गराएको छ। चालु आर्थिक वर्षमा मात्र ६ हजार ८४७ जनाले यो सेवा लिएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले आर्थिक अभावका कारण न्यायमा पहुँच नहुने अवस्थाका नागरिकलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउँदै आएको छ भने यसको खर्च महानगरले व्यहोर्दै आएको छ। यो सेवा २०८० चैत्र १८ बाट सुरु गरिएको थियो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...