News Portal

धनगढीमा डिउटीमा खटिएका प्रहरीमाथि चक्कु आक्रमणको प्रयास, अभियुक्त पक्राउ

मंगलबार राति धनगढीको ट्राफिक चौराहामा डिउटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ।

संगीता गुरुङ
२८४ पटक

धनगढी, माघ ३० – मंगलबार राति धनगढीको ट्राफिक चौराहामा डिउटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ।

स्रोतका अनुसार राति करिब सवा ८ बजेतिर एक युवक ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिंडिरहेका थिए। उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि चक्कु प्रहार गर्ने प्रयास भएको थियो। भागदौड मच्चिए पनि प्रहरी सकुशल रहेका छन्।

घटनापछि तुरुन्तै उक्त युवकलाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१४ का ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन्। हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

घटनाबारे विस्तृत जानकारी भने प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...