News Portal

  • काठमाडौंमा लुटिएको मोबाइल फेरि लुट्न खोज्दा एकजनाको ज्यान गयो

    आइतबार बिहान काठमाडौंको सरस्वतीनगरमा लुटिएको मोबाइल पुनः लुट्ने प्रयास हुँदा भएको झडपमा एकजनाको मृत्यु भएको छ।

    संगीता गुरुङ
    ३६८ पटक

    माघ २९, काठमाडौं – आइतबार बिहान काठमाडौंको सरस्वतीनगर क्षेत्रमा लुटिएको मोबाइललाई फेरि लुट्ने प्रयास हुँदा झडप भएको छ, जसका कारण एकजनाको ज्यान गएको छ।

    बिहान करिब ४/५ बजेको समयमा मादक पदार्थ सेवन गरेका एक पुरुष गौशाला क्षेत्रको गल्ली हुँदै हिँडिरहेका थिए। त्यही क्रममा गोकर्णेश्वर बस्ने क्षितिज कार्की, विशाल तामाङ, र प्रशान्त नामका व्यक्तिहरूले उनलाई रोक्दै मोबाइल लुटे।

    यही घटनालाई दोलखा घर भई कपन सिमलटार बस्दै आएका युनिक लामा उर्फ नुर्बु शेर्पाले देखेका थिए। उनले लुटिएको मोबाइल आफैंले लिने सोच बनाए, तर तीनजनासँग भिड्न नसक्ने भएकाले काभ्रे घर भएका संघर्ष कार्की उर्फ अमृतलाई बोलाए।

    नुर्बु र अमृत बिहान करिब ६ बजेतिर कुमारीगाल पुगे। क्षितिजको समूहलाई भेटेर उनीहरूले लुटिएको मोबाइल फिर्ता दिन भने। क्षितिजको समूहले अस्वीकार गरेपछि विवाद चर्कियो र झडप सुरु भयो।

    झडपको क्रममा क्षितिजले चक्कु निकालेर अमृतको छातीमा प्रहार गरे। अमृत घाइते भएर गल्लीको भित्तामा अडेस लगाएर बसे। यो देखेपछि नुर्बुले क्षितिजको चक्कु खोसेर उसैमाथि प्रहार गरे, जसका कारण क्षितिजको हात, पिठ्यूँ र तिघ्रामा चोट लाग्यो।

    झडप हेरेका स्थानीयले तत्कालै प्रहरीलाई खबर गरे। बिहान ६:०५ मा गौशाला प्रहरी टोली घटनास्थलमा पुगेर दुबै पक्षलाई नियन्त्रणमा लियो। अमृत अचेत अवस्थामा भेटिएपछि उनलाई काठमाडौं मेडिकल कलेज पुऱ्याइयो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे।

    घटनास्थलबाट प्रहरीले चक्कु बरामद गरेको छ। घटनामा संलग्न विशाल तामाङ र नुर्बु शेर्पालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने उपचारपछि क्षितिजलाई पनि पक्राउ गरिएको छ। अर्का फरार रहेका प्रशान्तको खोजी कार्य जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

    अनुसन्धानका क्रममा मृतक अमृत केही महिनाअघि मात्र दुबईबाट फर्किएको र यसअघि पनि प्रहरी निगरानीमा रहेको पाइएको छ। यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...