News Portal

काठमाडौंमा लुटिएको मोबाइल फेरि लुट्न खोज्दा एकजनाको ज्यान गयो

आइतबार बिहान काठमाडौंको सरस्वतीनगरमा लुटिएको मोबाइल पुनः लुट्ने प्रयास हुँदा भएको झडपमा एकजनाको मृत्यु भएको छ।

संगीता गुरुङ
४४५ पटक

माघ २९, काठमाडौं – आइतबार बिहान काठमाडौंको सरस्वतीनगर क्षेत्रमा लुटिएको मोबाइललाई फेरि लुट्ने प्रयास हुँदा झडप भएको छ, जसका कारण एकजनाको ज्यान गएको छ।

बिहान करिब ४/५ बजेको समयमा मादक पदार्थ सेवन गरेका एक पुरुष गौशाला क्षेत्रको गल्ली हुँदै हिँडिरहेका थिए। त्यही क्रममा गोकर्णेश्वर बस्ने क्षितिज कार्की, विशाल तामाङ, र प्रशान्त नामका व्यक्तिहरूले उनलाई रोक्दै मोबाइल लुटे।

यही घटनालाई दोलखा घर भई कपन सिमलटार बस्दै आएका युनिक लामा उर्फ नुर्बु शेर्पाले देखेका थिए। उनले लुटिएको मोबाइल आफैंले लिने सोच बनाए, तर तीनजनासँग भिड्न नसक्ने भएकाले काभ्रे घर भएका संघर्ष कार्की उर्फ अमृतलाई बोलाए।

नुर्बु र अमृत बिहान करिब ६ बजेतिर कुमारीगाल पुगे। क्षितिजको समूहलाई भेटेर उनीहरूले लुटिएको मोबाइल फिर्ता दिन भने। क्षितिजको समूहले अस्वीकार गरेपछि विवाद चर्कियो र झडप सुरु भयो।

झडपको क्रममा क्षितिजले चक्कु निकालेर अमृतको छातीमा प्रहार गरे। अमृत घाइते भएर गल्लीको भित्तामा अडेस लगाएर बसे। यो देखेपछि नुर्बुले क्षितिजको चक्कु खोसेर उसैमाथि प्रहार गरे, जसका कारण क्षितिजको हात, पिठ्यूँ र तिघ्रामा चोट लाग्यो।

झडप हेरेका स्थानीयले तत्कालै प्रहरीलाई खबर गरे। बिहान ६:०५ मा गौशाला प्रहरी टोली घटनास्थलमा पुगेर दुबै पक्षलाई नियन्त्रणमा लियो। अमृत अचेत अवस्थामा भेटिएपछि उनलाई काठमाडौं मेडिकल कलेज पुऱ्याइयो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे।

घटनास्थलबाट प्रहरीले चक्कु बरामद गरेको छ। घटनामा संलग्न विशाल तामाङ र नुर्बु शेर्पालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने उपचारपछि क्षितिजलाई पनि पक्राउ गरिएको छ। अर्का फरार रहेका प्रशान्तको खोजी कार्य जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

अनुसन्धानका क्रममा मृतक अमृत केही महिनाअघि मात्र दुबईबाट फर्किएको र यसअघि पनि प्रहरी निगरानीमा रहेको पाइएको छ। यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...