News Portal

बूढानीलकण्ठमा अनलाइन बेटिङमा संलग्न २३ जना पक्राउ, अर्बौंको कारोबार

काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा अनलाइन बेटिङको माध्यमबाट अर्बौंको कारोबार गर्ने २३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
२५८ पटक

काठमाडौं, २९ माघ – काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा अनलाइन बेटिङको माध्यमबाट अर्बौंको कारोबार गर्ने २३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलनमा उक्त घटनाबारे खुलासा गरेको हो। परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले पक्राउ परेकाहरूले “लोटस ३६५” अनलाइन प्लेटफर्म मार्फत ३ अर्ब १३ करोडभन्दा बढीको रकमको कारोबार गरेको जानकारी दिएका छन्।

प्रहरीका अनुसार, पक्राउ परेका अधिकांश भारतीय नागरिक हुन् र उनीहरू एक वर्षअघि नेपाल आएका थिए। उनीहरूले अनलाइन बेटिङको माध्यमबाट ठगी पनि गरेका छन्।

पक्राउ परेका व्यक्तिहरूबाट ८८ वटा मोबाइल फोन, १० वटा ल्यापटप र ८१ हजार नगद बरामद गरिएको छ। त्यस्तै, क्रिप्टो करेन्सी मार्फत ८६ करोड ९१ लाख ९७ हजार भन्दा बढीको कारोबार भएको पनि पाइएको छ।

प्रहरीले अब उनीहरूमाथि म्याद थपेर थप अनुसन्धान गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...