News Portal

पाथीभरामा केबलकार विरोध: नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक

पाथीभरामा निर्माणाधीन केबलकार परियोजनाविरुद्ध संघर्षरत समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

संगीता गुरुङ
२४५ पटक

काठमाडौं, २८ माघ – पाथीभरामा निर्माणाधीन केबलकार परियोजनाविरुद्ध संघर्षरत समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। नेपाल सरकारसँगको सहसचिवस्तरीय वार्ता अप्रभावी भएको र समस्याको समाधान नभएको बताउँदै आन्दोलनकारीहरूले आगामी दिनहरूमा थप संघर्ष गर्ने निर्णय गरेका हुन्।

आन्दोलनको नयाँ चरणमा फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गर्ने, फुङलिङ नगरपालिका घेराउ गर्ने, र काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्ने कार्यक्रम तय गरिएको छ।

आन्दोलनकारीहरूले माघ २२ गते भएको ६ बुँदे सहमति कार्यान्वयन नगरेको र सरकारले वार्ता गर्नका लागि उचित वातावरण पनि तयार नगरेको आरोप लगाएका छन्। यसअघि तय भएको विस्तृत वार्ता २७ गते नगरेपछि उनीहरूले सरकारलाई अल्टिमेटम दिएका थिए, जसअनुसार अब मन्त्री वा उच्चस्तरीय टोलीसँग मात्र वार्ता गर्न चाहन्छन्। सरकारले उक्त माग पूरा नगरेपछि थप संघर्षका कार्यक्रम ल्याउने चेतावनी दिएका छन्।

 

प्रतिकृया दिनुहोस्

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी...

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...