News Portal

पाथीभरामा केबलकार विरोध: नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक

पाथीभरामा निर्माणाधीन केबलकार परियोजनाविरुद्ध संघर्षरत समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

संगीता गुरुङ
३६९ पटक

काठमाडौं, २८ माघ – पाथीभरामा निर्माणाधीन केबलकार परियोजनाविरुद्ध संघर्षरत समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। नेपाल सरकारसँगको सहसचिवस्तरीय वार्ता अप्रभावी भएको र समस्याको समाधान नभएको बताउँदै आन्दोलनकारीहरूले आगामी दिनहरूमा थप संघर्ष गर्ने निर्णय गरेका हुन्।

आन्दोलनको नयाँ चरणमा फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गर्ने, फुङलिङ नगरपालिका घेराउ गर्ने, र काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्ने कार्यक्रम तय गरिएको छ।

आन्दोलनकारीहरूले माघ २२ गते भएको ६ बुँदे सहमति कार्यान्वयन नगरेको र सरकारले वार्ता गर्नका लागि उचित वातावरण पनि तयार नगरेको आरोप लगाएका छन्। यसअघि तय भएको विस्तृत वार्ता २७ गते नगरेपछि उनीहरूले सरकारलाई अल्टिमेटम दिएका थिए, जसअनुसार अब मन्त्री वा उच्चस्तरीय टोलीसँग मात्र वार्ता गर्न चाहन्छन्। सरकारले उक्त माग पूरा नगरेपछि थप संघर्षका कार्यक्रम ल्याउने चेतावनी दिएका छन्।

 

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...