News Portal

चन्द्रागिरिमा पुरुषको निस्सासिएर मृत्यु, हिटर बालेर सुत्दा घटना

चन्द्रागिरि नगरपालिका वडा नम्बर १५, तिनथानामा एक पुरुषको मृत्यु भएको छ।

संगीता गुरुङ
३२८ पटक

माघ २८, काठमाडौँ – चन्द्रागिरि नगरपालिका वडा नम्बर १५, तिनथानामा एक पुरुषको मृत्यु भएको छ। प्रहरीले प्राप्त जानकारी अनुसार, दुई तल्ले घरको भुइँ तलाको कोठामा ४० वर्षीय सुवासचन्द्र पौडेल मृत अवस्थामा फेला परेका हुन्।

पौडेल नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर २ का निवासी थिए। मृतकको कोठामा ओछ्यान र सिरक जलेको अवस्थामा भेटिएको छ, त्यस्तै भुइँमा राखिएको म्याट पनि जलेको अवस्थामा थियो।

प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानमा पौडेल हिटर बालेर सुतेका थिए र त्यसपछि कोठामा निस्सासिएर मृत्यु भएको खुलासा भएको छ। प्रहरीले घटना बारे थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...