News Portal

सांसद अमरेशकुमार सिंहको बालेन शाहलाई चुनौती: “हिम्मत छ भने सिंहदरबार र शीतल निवास भत्काएर देखाऊ”

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई कडा चुनौती दिँदै "हिम्मत छ भने सिंहदरबार र शीतल निवास भत्काएर देखाऊ" भनेका छन्।

संगीता गुरुङ
२८२ पटक

काठमाडौं – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई तीव्र आलोचना गर्दै उनको पछिल्लो कार्यशैलीलाई “हिटलर शैली” को संज्ञा दिएका छन्।

सिंहले सोमबार, प्रतिनिधि सभा बैठकमा बोल्दै मेयर शाहले काठमाडौंको कवाडी व्यवसायमा डोजर चलाएर गरिब मजदुरहरूलाई घाइते बनाएको आरोप लगाए। उनले भने, “घाइते हुने मजदुरहरूमा मुस्लिम, दलित र मधेसी समुदायका नागरिक पनि छन्। गरिब जनतामाथि दमन गरेर विकास गर्न खोज्ने यो प्रवृत्ति स्वीकार्य छैन।”

सांसद सिंहले बालेन शाहलाई कडा चुनौती दिंदै भने, “यदि साँच्चै हिम्मत छ भने सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, बालुवाटार र शीतल निवास भत्काएर देखाऊ।” उनले बालेन शाहको कार्यशैलीलाई “नाजीवाद शैली” को संज्ञा दिंदै त्यसलाई अस्वीकार्य बताएका छन्।

स्मरण रहोस्, बालेन शाहको नेतृत्वमा काठमाडौं महानगरपालिकाले अनधिकृत संरचनाहरूमा निरन्तर डोजर चलाउने नीति लिएको छ, जसले विभिन्न क्षेत्रबाट समर्थन र विरोध दुवै पाइरहेको छ।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...