News Portal

ठमेलमा प्रहरीमाथि आक्रमण गर्ने दुई युवक पक्राउ, ५ दिनको म्याद थप

ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका दुई युवकविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद थप गरेको छ।

संगीता गुरुङ
२३६ पटक

काठमाडौं, २८ माघ – ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका दुई युवकविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद थप गरेको छ।

काठमाडौं प्रहरी परिसरका अनुसार पक्राउ परेका युवाहरू ताप्लेजुङ फुङलिङ नगरपालिका-१ का २६ वर्षीय दिनेश सिग्देल र डडेलधुरा गन्यापधुरा गाउँपालिका-५ का २२ वर्षीय रमेश फुलारा हुन्। उनीहरू अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत विद्यार्थी हुन् भने नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध रहेको खुलेको छ।

प्रहरीका अनुसार घटनाका क्रममा दरबारमार्गस्थित केशरमहल बिटबाट खटिएको क्विक रेस्पोन्स टिम (QRT) का प्रहरीमाथि उनीहरूको समूहले आक्रमण गरेको थियो। आक्रमणका कारण दुई प्रहरी घाइते भएका छन् भने आक्रमणकारीहरूले प्रहरीको मोटरसाइकल लडाउनुका साथै कुटपिट गर्दै प्रहरीको लौरोसमेत फालिदिएका थिए।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...