News Portal

तनहुँमा प्रहरी कुटपिट आरोपमा चार जना पक्राउ

तनहुँमा ड्युटीमा खटिएका एक प्रहरी जवानमाथि कुटपिट गरेको आरोपमा चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

संगीता गुरुङ
२१७ पटक

तनहुँ – तनहुँमा ड्युटीमा खटिएका एक प्रहरी जवानमाथि कुटपिट गरेको आरोपमा चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार व्यास नगरपालिका–५ स्थित चर्चित पर्यटकीय गन्तव्य मानुङकोटमा रहेको अस्थायी प्रहरी बिटमा कार्यरत प्रहरी जवान सुनिल कार्कीमाथि शनिबार राति आक्रमण भएको थियो।

घटनामा संलग्न रहेको आरोपमा व्यास–४ का रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ का सुदीप विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) अशोक थापाका अनुसार शनिबार राति करिब २ बजे मानुङकोट क्षेत्रमा झडप भएको थियो, जसक्रममा प्रहरी जवानमाथि हातपात भएको थियो। पक्राउ परेका चारै जनामाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको छ भने अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...