News Portal

भक्तपुरबाट तीर्थयात्रामा निस्केको बस नौबिसेमा दुर्घटना: एकको निधन, दुई दर्जन घाइते

भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २ दर्जन घाइते भएका छन्।

समिर कुमार अधिकारी (द्रुपद)
२५७ पटक

भक्तपुर, २८ माघ – भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परेको छ। दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने २ दर्जनभन्दा बढी घाइते भएका छन्।

भक्तपुरबाट २९ जनासहित देवघाट तीर्थयात्रामा गएको बस गएराति करिब १० बजे धादिङ जिल्लाको नौबिसेमा दुर्घटनाग्रस्त भएको हो। गुडिरहेका बेला बसको पट्टा (स्प्रिंग) भाँचिएर बीच सडकमै पछाडिपट्टि पल्टिएको थियो।

दुर्घटनामा परी ज्यान गुमाउनेमा दोलखाको तामाकोशी गाउँपालिका-१ निवासी पार्वती काफ्ले रहेको आफन्तहरूले पुष्टि गरेका छन्। करिब ४८ वर्षीया पार्वती भक्तपुरका चर्चित सामाजिक अभियन्ता नवराज काफ्लेकी भाउजू हुन्। दुर्घटनामा काफ्ले परिवारका मात्र १८ जना घाइते भएका छन्।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूसहित १७ जना घाइतेहरू वीर अस्पताल, ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, र बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत छन्। ११ जना भने सामान्य उपचारपछि घर फर्किएको बताइएको छ।

 

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...