News Portal

अवैध सम्पत्ति प्रकरण: मेयर बस्नेतविरुद्ध अख्तियारको दोस्रो मुद्दा

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोस्रो पटक भ्रष्टाचार मुद्दा दायर गरेको छ।

संगीता गुरुङ
१९५ पटक

काठमाडौं, माघ २७ – नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोस्रो पटक भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार बस्नेतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि उनीविरुद्ध ८ करोड ६९ लाख रुपैयाँ विगो मागदाबी गरिएको हो। सोही मुद्दामा अख्तियारले उनकी पत्नी उर्मिला बस्नेतलाई समेत संलग्न रहेको भन्दै कारबाही अघि बढाएको छ।

यसअघि पनि मेयर बस्नेतमाथि जग्गा प्लटिङमा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। हाल उनी निलम्बित अवस्थामा रहेका छन्।

अख्तियारले सार्वजनिक पदमा बसेर नियम विपरीत आर्थिक लाभ लिने कुनै पनि गतिविधि सह्य नहुने बताउँदै अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...