News Portal

बुद्ध एयरको भ्यालेन्टाइन अफर: एउटा टिकट किन्दा अर्को निःशुल्क

बुद्ध एयरले १४ फेब्रुअरीको अवसरमा विशेष भ्यालेन्टाइन अफर ल्याएको छ।

संगीता गुरुङ
२६७ पटक

काठमाडौं, माघ २७ – बुद्ध एयरले १४ फेब्रुअरीको अवसरमा विशेष भ्यालेन्टाइन अफर ल्याएको छ। कम्पनीले पर्वतीय उडानमा एउटा टिकट किन्दा अर्को निःशुल्क दिने घोषणा गरेको हो।

यस अफरमा, यात्रुहरूलाई झ्याल सिट र सँगैको सिट उपलब्ध गराइनेछ, जसले जोडीहरूलाई हिमालको दृश्यसँगै रोमाञ्चक अनुभव प्रदान गर्नेछ। यात्रुहरूले सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशंकर जस्ता प्रमुख हिमश्रृंखला अवलोकन गर्न सक्नेछन्।

अफरमा समावेश यात्रुहरूलाई चकलेट, गुलाबको फुल र चिया स्पटमा मिठो खाजा समेत उपलब्ध गराइने छ, साथै डिस्काउन्ट भाउचर पनि प्रदान गरिनेछ।

त्यस्तै, **गोलाप्रथाबाट छानिएका ३ जोडी यात्रुहरूलाई दलाई–ला–बुटिक होटलमा २ दिन १ रातको प्याकेज प्रदान गरिनेछ। अन्य यात्रुहरूलाई पनि डिस्काउन्ट भाउचर दिइनेछ।

अन्ततः, ५ जोडी यात्रुहरूलाई चन्द्रागिरी केबलकारको आउजाउ टिकट पनि उपलब्ध गराइनेछ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...