News Portal

  • बुद्ध एयरको भ्यालेन्टाइन अफर: एउटा टिकट किन्दा अर्को निःशुल्क

    बुद्ध एयरले १४ फेब्रुअरीको अवसरमा विशेष भ्यालेन्टाइन अफर ल्याएको छ।

    संगीता गुरुङ
    १५४ पटक

    काठमाडौं, माघ २७ – बुद्ध एयरले १४ फेब्रुअरीको अवसरमा विशेष भ्यालेन्टाइन अफर ल्याएको छ। कम्पनीले पर्वतीय उडानमा एउटा टिकट किन्दा अर्को निःशुल्क दिने घोषणा गरेको हो।

    यस अफरमा, यात्रुहरूलाई झ्याल सिट र सँगैको सिट उपलब्ध गराइनेछ, जसले जोडीहरूलाई हिमालको दृश्यसँगै रोमाञ्चक अनुभव प्रदान गर्नेछ। यात्रुहरूले सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशंकर जस्ता प्रमुख हिमश्रृंखला अवलोकन गर्न सक्नेछन्।

    अफरमा समावेश यात्रुहरूलाई चकलेट, गुलाबको फुल र चिया स्पटमा मिठो खाजा समेत उपलब्ध गराइने छ, साथै डिस्काउन्ट भाउचर पनि प्रदान गरिनेछ।

    त्यस्तै, **गोलाप्रथाबाट छानिएका ३ जोडी यात्रुहरूलाई दलाई–ला–बुटिक होटलमा २ दिन १ रातको प्याकेज प्रदान गरिनेछ। अन्य यात्रुहरूलाई पनि डिस्काउन्ट भाउचर दिइनेछ।

    अन्ततः, ५ जोडी यात्रुहरूलाई चन्द्रागिरी केबलकारको आउजाउ टिकट पनि उपलब्ध गराइनेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...