News Portal

  • ललितपुरबाट अपहरण भएका बालक कलंकीमा उद्धार, भारत लैजाने योजना असफल

    ललितपुरबाट अपहरण गरिएका चार वर्षीय बालकलाई प्रहरीले काठमाडौंको कलंकीस्थित होटलबाट सकुशल उद्धार गरेको छ।

    संगीता गुरुङ
    २३७ पटक

    काठमाडौं, २७ माघ – ललितपुरबाट अपहरण गरिएका चार वर्षीय बालकलाई प्रहरीले काठमाडौंको कलंकीस्थित होटलबाट सकुशल उद्धार गरेको छ। घटनामा संलग्न भियतनामी नागरिक मि हाङ किन्हालुनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, उनले बालकलाई भारतको पञ्जाब लैजाने योजना बनाएका थिए।

    २४ माघको राति ८:२० बजे बालक हराएको भन्दै परिवारले उजुरी दिएपछि प्रहरीले खोजी सुरू गरेको थियो। अनुसन्धानका क्रममा बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसको कोठा नम्बर १०७ मा लुकाएर राखिएको पत्ता लागेको थियो। प्रहरी टोलीले छापा मार्दै बालकको उद्धार गरेको हो।

    पक्राउ परेका २३ वर्षीय भियतनामी नागरिक २०२३ को डिसेम्बर २७ मा नेपाल आएका थिए। उनी ११ दिन नेपाल बसेपछि भारत गएका थिए। २०२४ को अप्रिल २७ मा पुनः नेपाल फर्केर काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका थिए।

    २५ माघका लागि उनले वीरगञ्ज जाने ‘न्यू साजन एसी सोफा विथ स्लीपर कोच’ नामक बसको ३ र ४ नम्बर सिट बुक गरिसकेका थिए। बस चढ्नुअघि नै प्रहरीले उनलाई पक्राउ गरेको हो।

    अनुसन्धानका क्रममा पत्ता लागेको छ कि अपहरणकारीले २५ डिसेम्बरमा ललितपुरको कृष्ण मन्दिरमा बालकका दाइसँग भेट गरेका थिए। उनले बच्चाहरूलाई चिप्स, चकलेट दिएर आफू तर्फ आकर्षित गरेका थिए। यही क्रममा बालकसँग नजिक भएर अपहरणको योजना बनाएको देखिएको छ।

    अपहरणपछि उनले इनड्राइभ एपमार्फत ट्याक्सी बुक गरी झम्सीखेल पुगेका थिए। त्यसपछि अर्को ट्याक्सी लिएर सुन्धारा हुँदै कलंकी पुगेका थिए। प्रहरीले गुप्त रूपमा अनुसन्धान गर्दै उनको ठेगाना पत्ता लगाएर छापा मारेको थियो।

    घटनामा संलग्न भियतनामी नागरिकबाट प्रहरीले चक्कु, बसको टिकट, नक्कली भारतीय आधार कार्ड, भियतनामी मुद्रा, तीन वटा मोबाइल र ल्यापटप बरामद गरेको छ।

    उद्धार गरिएका बालकको स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...