News Portal

ललितपुरबाट अपहरण भएका बालक कलंकीमा उद्धार, भारत लैजाने योजना असफल

ललितपुरबाट अपहरण गरिएका चार वर्षीय बालकलाई प्रहरीले काठमाडौंको कलंकीस्थित होटलबाट सकुशल उद्धार गरेको छ।

संगीता गुरुङ
३८९ पटक

काठमाडौं, २७ माघ – ललितपुरबाट अपहरण गरिएका चार वर्षीय बालकलाई प्रहरीले काठमाडौंको कलंकीस्थित होटलबाट सकुशल उद्धार गरेको छ। घटनामा संलग्न भियतनामी नागरिक मि हाङ किन्हालुनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, उनले बालकलाई भारतको पञ्जाब लैजाने योजना बनाएका थिए।

२४ माघको राति ८:२० बजे बालक हराएको भन्दै परिवारले उजुरी दिएपछि प्रहरीले खोजी सुरू गरेको थियो। अनुसन्धानका क्रममा बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसको कोठा नम्बर १०७ मा लुकाएर राखिएको पत्ता लागेको थियो। प्रहरी टोलीले छापा मार्दै बालकको उद्धार गरेको हो।

पक्राउ परेका २३ वर्षीय भियतनामी नागरिक २०२३ को डिसेम्बर २७ मा नेपाल आएका थिए। उनी ११ दिन नेपाल बसेपछि भारत गएका थिए। २०२४ को अप्रिल २७ मा पुनः नेपाल फर्केर काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका थिए।

२५ माघका लागि उनले वीरगञ्ज जाने ‘न्यू साजन एसी सोफा विथ स्लीपर कोच’ नामक बसको ३ र ४ नम्बर सिट बुक गरिसकेका थिए। बस चढ्नुअघि नै प्रहरीले उनलाई पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा पत्ता लागेको छ कि अपहरणकारीले २५ डिसेम्बरमा ललितपुरको कृष्ण मन्दिरमा बालकका दाइसँग भेट गरेका थिए। उनले बच्चाहरूलाई चिप्स, चकलेट दिएर आफू तर्फ आकर्षित गरेका थिए। यही क्रममा बालकसँग नजिक भएर अपहरणको योजना बनाएको देखिएको छ।

अपहरणपछि उनले इनड्राइभ एपमार्फत ट्याक्सी बुक गरी झम्सीखेल पुगेका थिए। त्यसपछि अर्को ट्याक्सी लिएर सुन्धारा हुँदै कलंकी पुगेका थिए। प्रहरीले गुप्त रूपमा अनुसन्धान गर्दै उनको ठेगाना पत्ता लगाएर छापा मारेको थियो।

घटनामा संलग्न भियतनामी नागरिकबाट प्रहरीले चक्कु, बसको टिकट, नक्कली भारतीय आधार कार्ड, भियतनामी मुद्रा, तीन वटा मोबाइल र ल्यापटप बरामद गरेको छ।

उद्धार गरिएका बालकको स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...