News Portal

सल्यान महोत्सवमा भीषण आगलागी, करोडौँको क्षति

दोस्रो बृहत् सल्यान महोत्सवमा शनिबार राति भीषण आगलागी भई करोडौँको क्षति भएको छ।

संगीता गुरुङ
२२१ पटक

सुर्खेत, २७ माघ – दोस्रो बृहत् सल्यान महोत्सवमा शनिबार राति भीषण आगलागी भएको छ। आगलागीका कारण ८० स्टल पूर्ण रूपमा जलेर नष्ट भएका छन्, जसले महोत्सवलाई गम्भीर रूपमा प्रभावित गरेको छ।

शारदा नगरपालिका–१, श्रीनगरको टाउन प्लानिङमा जारी महोत्सवमा राति करिब ११ बजे आगलागी भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिव कुमार श्रेष्ठले जानकारी दिएका छन्।

प्रहरीका अनुसार महोत्सवका स्टलहरूमा राखिएका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार आगलागीका कारण साढे ३ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।

स्थानीय बासिन्दा, व्यवसायी, महोत्सव आयोजक टोली तथा सुरक्षाकर्मीको सक्रिय प्रयासपछि तीन घण्टापछि आगो नियन्त्रणमा ल्याइएको थियो। आगलागीको कारण अझै खुल्न नसकेको र यसबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...