News Portal

धनगढीमा किशोरीमाथि दुर्व्यवहार, अभियुक्तको खोजी जारी

धनगढीमा एक १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ।

संगीता गुरुङ
१९९ पटक

धनगढी, २७ माघ – धनगढीमा एक १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ। बाजुराबाट धनगढीमा अध्ययन गर्न आएकी ती किशोरीलाई बिहीबार साँझ एक युवकले डर धम्की देखाउँदै आफ्नो घर लगेका थिए।

विद्यालयबाट घर फर्किंदै गर्दा एक १८ वर्षीय युवकले किशोरीलाई सडकमै रोक्दै चक्कु देखाएर धम्क्याएका थिए। ज्यानको डर देखाई उनलाई आफ्नो घर लगेर दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पीडित किशोरीले शनिबार प्रहरीसमक्ष घटनाबारे जानकारी गराएकी थिइन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार पीडितको जाहेरी दर्ता भइसकेको छ र घटनामा संलग्न व्यक्ति खोजीकार्य भइरहेको छ।

पीडित किशोरी हाल कक्षा ७ मा अध्ययनरत रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...