News Portal

धनगढीमा किशोरीमाथि दुर्व्यवहार, अभियुक्तको खोजी जारी

धनगढीमा एक १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ।

संगीता गुरुङ
२७२ पटक

धनगढी, २७ माघ – धनगढीमा एक १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ। बाजुराबाट धनगढीमा अध्ययन गर्न आएकी ती किशोरीलाई बिहीबार साँझ एक युवकले डर धम्की देखाउँदै आफ्नो घर लगेका थिए।

विद्यालयबाट घर फर्किंदै गर्दा एक १८ वर्षीय युवकले किशोरीलाई सडकमै रोक्दै चक्कु देखाएर धम्क्याएका थिए। ज्यानको डर देखाई उनलाई आफ्नो घर लगेर दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पीडित किशोरीले शनिबार प्रहरीसमक्ष घटनाबारे जानकारी गराएकी थिइन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार पीडितको जाहेरी दर्ता भइसकेको छ र घटनामा संलग्न व्यक्ति खोजीकार्य भइरहेको छ।

पीडित किशोरी हाल कक्षा ७ मा अध्ययनरत रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...