News Portal

  • निजी मेडिकल कलेजका चिकित्सकलाई सरकारी सरह भत्ता दिने निर्णय

    चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरहको निर्वाह भत्ता दिने निर्णय गरेको छ।

    संगीता गुरुङ
    १७३ पटक

    माघ २५, काठमाडौँ – चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरहको निर्वाह भत्ता दिने निर्णय गरेको छ। अब, आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७ सय रुपैयाँ भत्ता उपलब्ध गराइने भएको हो।

    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रवार प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा यस निर्णयमा पुगेको हो। बैठकमा आवासीय चिकित्सकका लागि समान भत्ता उपलब्ध गराउने निर्णय गर्दै, कलेजहरूमा दुई वर्षको अध्ययन र काम सम्झौतामा नमान्ने विद्यार्थीसँग वार्षिक २३ लाख शुल्क लिने विषयमा पनि छलफल गरिएको थियो।

    हाल निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकलाई मासिक २० हजार भत्ता मात्र दिँदै आएका थिए। यसै बीच, पोष्ट ग्र्याजुएट तहका विद्यार्थीहरूले समान सुविधाको माग गर्दै आन्दोलन गरिरहेका थिए।

    बैठकमा प्रधानमन्त्री ओली, स्वास्थ्य मन्त्री प्रदीप पौडेल र शिक्षा मन्त्री विद्या भटराईले आवासीय चिकित्सकका सुविधाहरूको सुनिश्चितताका लागि कुनै सम्झौताबाट पछि नहट्ने बताएका छन्।

    यसबाहेक, चिकित्सा शिक्षाको एकीकृत नियमन र आवश्यक संशोधनका विषयमा पनि छलफल भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बालेन–कुलमानबीच एकताको दाबी, सुधन रविसँग भेट्ने तयारीमा

    काठमाडौं, मंसिर १८ – काउन्सिल अफ जेन-जीका केन्द्रीय संयोजक सुधन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र...

    नुवाकोटमा लोकप्रियता बढाउँदै कांग्रेस नेता डा. प्रकाश शरण महत

    नुवाकोट, मंसिर १८ — नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महत हाल...

    काठमाडौँ उपत्यकामा लामो दूरीका सवारी बसपार्कबाट मात्र छुट्ने नयाँ व्यवस्था

    काठमाडौँ, मंसिर १८ — उपत्यकामा दिनहुँ बढिरहेको ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले नयाँ नियम...

    नेवार समुदायले मनायो यमरी पुन्ही, पुरानो परम्परा अझै जोगिँदै

    भक्तपुर, १८ मंसिर  – नेवार समुदायले बिहीबार मार्ग शुक्ल पूर्णिमाको अवसरमा यमरी पुन्ही पर्व मनाएको...

    धोबीखोलामा फेला परेको शवको पहिचान, काभ्रे–मण्डनदेउपुरका ललित गिरी भनेर पुष्टि

    काठमाडौं, मंसिर १८ – काठमाडौं महानगरपालिका–२९ स्थित धोबीखोलामा बिहीबार बिहान भेटिएको शव काभ्रे, मण्डनदेउपुर नगरपालिका–१...