News Portal

कैलालीमा आमा र छोरीको शव घरभित्र भेटिए

कैलालीको गोदावरी नगरपालिका-११ मा एक आमा र उनकी दुई वर्षीया छोरी घरभित्र मृत भेटिएका छन्।

संगीता गुरुङ
१६३ पटक

कैलाली, माघ २५ – कैलालीको गोदावरी नगरपालिका-११ मा एक आमा र उनकी दुई वर्षीया छोरी घरभित्र मृत भेटिएका छन्।

२४ वर्षीय मिरा कामी र उनकी छोरी प्रिन्सी बिहीबार साँझ आफ्नै घरमा झुण्डिएका अवस्थामा फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिँदै भने, “घरमा झुण्डिएको देखेपछि अन्य परिवारका सदस्यहरूले सासु र अरूलाई बोलाएका थिए र बचाउनको लागि डोरीसमेत काटेका थिए, तर समयमै उपचार गर्न सकिएन।”

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, घटनाको दिन मिराकी सासु धनगढी गएको र उनका श्रीमान र ससुरा भारतमा रोजगारीको सिलसिलामा थिए।

दुबै शवलाई परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...