News Portal

झापाको होटलमा युवकको मृत्यु, युवती र होटल सञ्चालक प्रहरी नियन्त्रणमा

झापाको होटलमा युवकको मृत्यु भएपछि युवती र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको छ।

संगीता गुरुङ
२७६ पटक

झापा – झापाको बिर्तामोड नगरपालिका-४ स्थित एभरेष्ट होटल एण्ड लजमा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दका अनुसार मृतक हल्दिबारी गाउँपालिका-१, गोलधाप निवासी ३० वर्षीय सागर बेस्रा हुन्।

बिहीबार राति ११ बजेतिर बेस्रा सुनसरी धरान उपमहानगरपालिका-१५ निवासी तथा हाल कन्काई नगरपालिका-७, दुर्गापुर बस्ने २३ वर्षीया मुना विकसँग होटलमा बसेका थिए।

राति खाना खाएपछि सुतेका बेस्रा शौचालय नजिकै अचेत अवस्थामा भेटिएका थिए। होटल सञ्चालक यामकुमारी उप्रेती र मुना विकले उनलाई बिर्तासिटी अस्पताल लगेका थिए, तर चिकित्सकले राति १:३५ बजे नै मृत घोषित गरेका थिए।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। हाल मुना विक र होटल सञ्चालक उप्रेतीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखी अनुसन्धान अघि बढाइएको छ।

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...