News Portal

खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र कार्य सुरु

खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडकखण्ड कालोपत्र गर्ने कार्य सुरु गरिएको छ।

संगीता गुरुङ
१६९ पटक

भोजपुर, माघ २५ – खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडकखण्ड कालोपत्र गर्ने कार्य सुरु गरिएको छ। मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट कालोपत्र प्रक्रिया अघि बढाइएको हो।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयका अनुसार सडकको पहिलो चरणअन्तर्गत शून्यविन्दुबाट डेढ किलोमिटर खण्ड कालोपत्र गरिँदैछ। यसका लागि रु २ करोड ६१ लाख ७१ हजार ६३१ बजेट विनियोजन गरिएको छ।

टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार सडकको दोस्रो चरणमा हुँगे गाउँ पुछारदेखि पाँचधारेसम्मको स्तरोन्नति भइरहेको छ। यो काम सडक डिभिजन कार्यालयको रु २ करोड र कोशी प्रदेश सरकारको रु २५ लाख सहयोगमा सम्पन्न गरिनेछ।

सडक सुधार तथा कालोपत्रे कार्यले स्थानीय आवागमन सहज बनाउने तथा आर्थिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...