News Portal

झापाको होटलमा युवक बेहोस अवस्थामा भेटिए, अस्पतालमा मृत्यु

झापाको बिर्तामोड नगरपालिका-४ स्थित एभरेस्ट होटल एन्ड लजमा एक युवक बेहोस अवस्थामा फेला परेका छन्, जसको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ।

संगीता गुरुङ
२२७ पटक

माघ २५, झापा – झापाको बिर्तामोड नगरपालिका-४ स्थित एभरेस्ट होटल एन्ड लजमा एक युवक बेहोस अवस्थामा फेला परेका छन्, जसको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ।

हल्दिबारी गाउँपालिका-१ निवासी ३० वर्षीय सागर बेस्राको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्राप्त जानकारी अनुसार, बेस्रा गएराति एक महिलासँग होटलमा बसेका थिए। राति सुतेको समयमा उनी बाथरुममा लडेपछि बेहोस भएका थिए।

घटनापछि उनलाई राति करिब १:३० बजे उपचारका लागि बिर्तासिटी अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।

यस घटनासम्बन्धी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। होटल सञ्चालक तथा बेस्रासँगै रहेकी महिलालाई नियन्त्रणमा लिइएको र घटनाको विस्तृत अध्ययन भइरहेको बताइएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...