News Portal

थाकथाकु मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतले ३ जना बिरामीलाई ९५ हजार बढी रकम सहयोग गर्‍यो

हिमाली संचार संवाददाता
७१६ पटक

कुवेत : थाकथाकु मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतले विभिन्न रोगले पिडित भएका विरामीहरुका लागि ९५,२९४ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सस्थाका सदस्यहरुबाट संकलन गरी उक्त रकम तिन जना विरामीहरुलाई सहयोग गरिएको हो।

पाँचथर स्याब्रुम्बाकी वर्ष २७ को ब्रेश्ट क्यान्सर विरामी सिता लिम्बु, धनकुटा चौविसका वर्ष ३२ को मिर्गौला पिडित बिरामी बिष्णु लिम्बु र मोरङ पत्थरी शनिस्चरे ३ बस्ने वर्ष ४१ को मिर्गौला पीडित बिकास चेम्जोङलाई सो रकम सहयोग गरिएको सस्थाका अध्यक्ष दुर्गा चेम्जोङले हिमाली संचारलाई बताए।

काठमाडौंको सिनामंगल स्थित मिठो नेपाली खाजा घरमा ‘वलिहाङ तङ्नामको’ कार्यक्रममा चेम्जोङ वंशका केन्द्रिय सल्लाहकार तथा पुर्वसंचार मन्त्री रकम चेम्जोङको उपस्थितिमा प्रत्येक विरामीलाई ३१,७६५ (एकतीस हजार सात सय पैंसट्ठी) रुपैयाँको दरले हस्तान्तरण गरीएको हो।

संकलित जम्मा रकम ९५,२९४ (पन्चनब्बे हजार दुइ सय चौरानब्बे) रुपैयाँलाई तिनै जना विमारी एकै ठाउँ भेला गराएर हस्तान्तरण गरिएको सस्थाले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...