News Portal

थाकथाकु मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतले ३ जना बिरामीलाई ९५ हजार बढी रकम सहयोग गर्‍यो

हिमाली संचार संवाददाता
८११ पटक

कुवेत : थाकथाकु मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतले विभिन्न रोगले पिडित भएका विरामीहरुका लागि ९५,२९४ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सस्थाका सदस्यहरुबाट संकलन गरी उक्त रकम तिन जना विरामीहरुलाई सहयोग गरिएको हो।

पाँचथर स्याब्रुम्बाकी वर्ष २७ को ब्रेश्ट क्यान्सर विरामी सिता लिम्बु, धनकुटा चौविसका वर्ष ३२ को मिर्गौला पिडित बिरामी बिष्णु लिम्बु र मोरङ पत्थरी शनिस्चरे ३ बस्ने वर्ष ४१ को मिर्गौला पीडित बिकास चेम्जोङलाई सो रकम सहयोग गरिएको सस्थाका अध्यक्ष दुर्गा चेम्जोङले हिमाली संचारलाई बताए।

काठमाडौंको सिनामंगल स्थित मिठो नेपाली खाजा घरमा ‘वलिहाङ तङ्नामको’ कार्यक्रममा चेम्जोङ वंशका केन्द्रिय सल्लाहकार तथा पुर्वसंचार मन्त्री रकम चेम्जोङको उपस्थितिमा प्रत्येक विरामीलाई ३१,७६५ (एकतीस हजार सात सय पैंसट्ठी) रुपैयाँको दरले हस्तान्तरण गरीएको हो।

संकलित जम्मा रकम ९५,२९४ (पन्चनब्बे हजार दुइ सय चौरानब्बे) रुपैयाँलाई तिनै जना विमारी एकै ठाउँ भेला गराएर हस्तान्तरण गरिएको सस्थाले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...