News Portal

‘हनी ट्र्याप’ मार्फत रकम असुली गर्ने युवती पक्राउ

हनी ट्र्याप’ को माध्यमबाट रकम असुली गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

संगीता गुरुङ
४०० पटक

२४ माघ, काठमाडौं – ‘हनी ट्र्याप’ को माध्यमबाट रकम असुली गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्ने २८ वर्षीया अस्मिता आचार्य हुन्, जो चितवनको रत्ननगर नगरपालिका-८ स्थायी बासिन्दा भइ हाल कुलेश्वरमा बस्दै आएकी थिइन्।

अनुसन्धान अनुसार, आचार्यले एक इलेक्ट्रोनिक सामान मर्मत गर्ने व्यक्तिलाई आफ्नो योजनामा पार्न पहिले नै सम्पर्क गरेकी थिइन्। उनले राइस कुकर मर्मत गराउने बहानामा पटक-पटक भेटघाट बढाउँदै विश्वास जितेपछि पीडितलाई धम्क्याउन थालेकी थिइन्।

प्रहरी स्रोतका अनुसार, आचार्यले ती व्यक्तिसँग १० लाख रुपैयाँ माग गर्दै रकम नदिए बलात्कारको झुटो आरोप लगाउने चेतावनी दिएकी थिइन्।

मोलमोलाईपछि पीडितले तीन लाख रुपैयाँ चेकमार्फत बुझाए भने बाँकी सात लाख एक हप्ताभित्र बुझाउने सहमति भएको थियो। तर, रकम असुल भएपछि प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।

हाल आचार्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...