News Portal

साहारा सहकारी ठगी प्रकरण: लामिछानेविरुद्ध बहसका लागि छिमेकी जिल्ला वकिल पठाइए

रवि लामिछानेको विपक्षमा सरकारी वकिलहरू छिमेकी जिल्लाबाट चितवन झिकाइएका छन्।

संगीता गुरुङ
२५४ पटक

२४ माघ, चितवन – चितवनको साहारा सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विपक्षमा सरकारी वकिलहरू छिमेकी जिल्लाबाट चितवन झिकाइएका छन्।

महान्याधिवक्ता कार्यालयको निर्देशनमा पर्सा, धादिङ्ग र चितवनका सरकारी वकिलहरूले लामिछानेविरुद्धको ठगी मुद्दामा बहस सुरु गरेका छन्। यसअघि चितवनका तीन सरकारी वकिलहरूले बुधबारदेखि बहस गरे पनि अब मुद्दाको गम्भीरतासँगै अन्य जिल्लाका वकिल पनि सामेल गरिएका हुन्।

महान्याधिवक्ता कार्यालयका स्रोतका अनुसार, सरकारले मुद्दाको बहसलाई बलियो बनाउनका लागि छिमेकी जिल्लाका वकिलहरूको सहयोग लिएको हो। ‘‘सिद्धान्त र तथ्यमा कुनै कमजोरी नहोस् भन्ने उद्देश्यले वकिलहरूको संख्या बढाइएको हो,’’ स्रोतले जानकारी दिएको छ।

साहारा सहकारी ठगी मुद्दाको दोस्रो दिनको बहस चितवन जिल्ला अदालतका न्यायधीश दयाराम ढकालको इजलासमा चलिरहेको छ। पीडितका तर्फबाट अधिवक्ता राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौला बहस गरिरहेका छन्।

आजको बहसमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी र रामचन्द्र गौतमले पनि पीडितको तर्फबाट बहस प्रस्तुत गर्ने तयारी गरेका छन्। लामिछानेको तर्फबाट ११ जनाको वकिल टोली बहसमा भाग लिनेछ।

 

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...