News Portal

झोलुङ्गे पुल निर्माणका क्रममा दुई जना बेपत्ता

सुर्खेतको भेरी नदीमाथि झोलुङ्गे पुल निर्माणका क्रममा दुई जना युवा बेपत्ता भएका छन्।

संगीता गुरुङ
२५८ पटक

माघ २३, सुर्खेत – सुर्खेतको भेरी नदीमाथि झोलुङ्गे पुल निर्माणका क्रममा दुई जना युवा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका-२ का २४ वर्षीय अनिल घर्ती र १८ वर्षीय अर्जुन घर्ती मगर रहेका छन्।

प्रहरी निरीक्षक अजय डाँगीका अनुसार, पुल निर्माण कार्य सुर्खेतको बराहताल गाउँपालिका-४, कुटा र पञ्चपुरी नगरपालिका-१४ लाई जोड्ने भेरी नदीमाथि भइरहेको थियो। बुधबार दिउँसो १ बजेतिर पुलका लट्ठा तान्ने क्रममा ती दुई जना नदीमा खसेका थिए।

घटना थाहा पाएपछि बाबियाचौरबाट प्रहरी टोली घटनास्थलमा पुगेर खोजी कार्य थालेको छ। अहिले दुई जना युवाको खोजी जारी रहेको र थप जानकारी प्राप्त गर्न अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...