News Portal

सरस्वती मूर्ति विसर्जनका क्रममा युवकको नदीमा डुबेर मृत्यु

रौतहटको राजदेवी नगरपालिका–६ स्थित बाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ।

संगीता गुरुङ
३४४ पटक

माघ २३, रौतहट – रौतहटको राजदेवी नगरपालिका–६ स्थित बाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। राजदेवी–७ मुडवलवाका २२ वर्षीय सुरज यादव मूर्ति सेलाउने क्रममा नदीमा डुबेपछि बेपत्ता भएका थिए।

बेपत्ता भएका यादवको खोजी सुरक्षाकर्मी र स्थानीयले मंगलबारदेखि नै गरिरहेका थिए। खोजीको क्रममा आज बिहान उनको शव डुबेको स्थानमै फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायले जानकारी दिए।

प्रहरीका अनुसार यादवको शव पानीमुनि अड्किएको अवस्थामा भेटिएको थियो, जसलाई माछा मार्ने जालको सहायताले बाहिर निकालिएको हो। शवलाई पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको डीएसपी रायले बताए।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...