News Portal

सरस्वती मूर्ति विसर्जनका क्रममा युवकको नदीमा डुबेर मृत्यु

रौतहटको राजदेवी नगरपालिका–६ स्थित बाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ।

संगीता गुरुङ
२१४ पटक

माघ २३, रौतहट – रौतहटको राजदेवी नगरपालिका–६ स्थित बाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। राजदेवी–७ मुडवलवाका २२ वर्षीय सुरज यादव मूर्ति सेलाउने क्रममा नदीमा डुबेपछि बेपत्ता भएका थिए।

बेपत्ता भएका यादवको खोजी सुरक्षाकर्मी र स्थानीयले मंगलबारदेखि नै गरिरहेका थिए। खोजीको क्रममा आज बिहान उनको शव डुबेको स्थानमै फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायले जानकारी दिए।

प्रहरीका अनुसार यादवको शव पानीमुनि अड्किएको अवस्थामा भेटिएको थियो, जसलाई माछा मार्ने जालको सहायताले बाहिर निकालिएको हो। शवलाई पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको डीएसपी रायले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...