News Portal

  • नेपाल प्रहरीले विभिन्न स्थानबाट ११ जना लागूऔषधसहित पक्राउ

    नेपाल प्रहरीले देशभरका विभिन्न स्थानमा सञ्चालन गरेको अभियान अन्तर्गत ११ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ।

    संगीता गुरुङ
    १३५ पटक

    माघ २३, काठमाडौं  – नेपाल प्रहरीले देशभरका विभिन्न स्थानमा सञ्चालन गरेको अभियान अन्तर्गत ११ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ। झापाको कनकाई नगरपालिका–४ बाट भारत बिहारका २८ वर्षीय अन्जार आलम र उनका १९ वर्षीय भाइ युसुब आलमलाई ३०.६९ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको छ। प्रहरीले मोटरसाइकल जाँचका क्रममा भाग्न खोजेपछि गोली प्रहार गर्दा अन्जार घाइते भएका छन्, जसको हाल भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

    यसैगरी, बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट कैलाली लम्कीचुहाका २३ वर्षीय रोसन रावललाई ४७ पिस ट्रामाडोलसहित पक्राउ गरिएको छ। सप्तरीको सप्तकोशी नगरपालिका–७ बतिगामामा प्रहरीले २ किलो गाँजासहित महादेवा गाउँपालिका–१ बस्ने २२ वर्षीय नीराजन यादवलाई नियन्त्रणमा लिएको छ। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ फुलचोकमा उदयपुरका २८ वर्षीय पदम बहादुर मगरलाई २०.४ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ। त्यस्तै, कोशी गाउँपालिका–१ मा सप्तरीका २४ वर्षीय रोहित कुमार मण्डललाई २.४१ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ।

    कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ मा प्रहरीले बिजयनगरका २८ वर्षीय मतिउल्ला मुसलमान र २५ वर्षीय मैराज अहमदलाई ८२० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ। कैलालीको टीकापुर नगरपालिका–१ खडक चोकमा प्रहरीले २२ वर्षीय अंकित चौधरीलाई ८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ। दाङको घोराही उपमहानगरपालिका–१५ भीमसेन टोलमा प्रहरीले रोल्पाका ३० वर्षीय टेकराज गुरुङ र २५ वर्षीय तनुज श्रेष्ठलाई १.८४ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।

    प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध कारोबार तथा ओसारपसार सम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...

    विष्णु माझीको ‘पुतलीको भट्टी’ शृङ्खला नेपाली लोकसंगीतमा अद्वितीय उपलब्धि

    काठमाडौं, साउन ३० – लोकप्रिय गायिका विष्णु माझी नयाँ तीज गीत ‘म त नराउरी’ मार्फत...

    नेपालगञ्जमा लागुऔषध कारोबार गर्ने चार जना पक्राउ, प्रहरीसँग झडपमा एक घाइते

    नेपालगञ्ज, साउन ३० – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ मा प्रहरीले लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार...