News Portal

सहकारी ठगी प्रकरण : चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

चितवनमा साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

संगीता गुरुङ
२५८ पटक

माघ २२, चितवन – चितवनमा साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। सरकारी वकिल कार्यालयले सहकारीको रकम हिनामिना गरी ठगी गरेको अभियोग लगाउँदै लामिछानेसहित १५ व्यक्ति र ६ संस्थाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

मुद्दा दर्ताको तयारी सोमबार नै भए पनि सरकारी वकिलहरूको व्यस्तताका कारण मंगलबार मात्र दर्ता गरिएको हो। अनुसन्धानका क्रममा सहकारीको ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको खुलेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ। सहकारीबाट विभिन्न कम्पनीहरूमा गएको रकमसमेत जोड्दा ठगीको कुल रकम ५६ करोड २२ लाख ५० हजार रुपैयाँ रहेको बताइएको छ।

सरकारी वकिल कार्यालयले रवि लामिछानेविरुद्ध सहकारी ठगी अभियोगमा मात्रै मुद्दा दर्ता गरेको छ भने अन्य १२ जनाविरुद्ध संगठित अपराध अन्तर्गत पनि मुद्दा लगाइएको छ।

यसअघि, गत असोज ८ गते १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी अर्को मुद्दा दायर भइसकेको थियो। रवि लामिछाने यसअघि कास्की, काठमाडौं, र रुपन्देहीका विभिन्न सहकारी प्रकरणमा धरौटी तिरेर छुटिसकेका थिए। अब वीरगञ्जको सानो पाइला सहकारी प्रकरणमा पनि उनीविरुद्ध अनुसन्धान भइरहेको बताइएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...