News Portal

सहकारी ठगी प्रकरण : चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

चितवनमा साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

संगीता गुरुङ
२१२ पटक

माघ २२, चितवन – चितवनमा साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। सरकारी वकिल कार्यालयले सहकारीको रकम हिनामिना गरी ठगी गरेको अभियोग लगाउँदै लामिछानेसहित १५ व्यक्ति र ६ संस्थाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

मुद्दा दर्ताको तयारी सोमबार नै भए पनि सरकारी वकिलहरूको व्यस्तताका कारण मंगलबार मात्र दर्ता गरिएको हो। अनुसन्धानका क्रममा सहकारीको ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको खुलेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ। सहकारीबाट विभिन्न कम्पनीहरूमा गएको रकमसमेत जोड्दा ठगीको कुल रकम ५६ करोड २२ लाख ५० हजार रुपैयाँ रहेको बताइएको छ।

सरकारी वकिल कार्यालयले रवि लामिछानेविरुद्ध सहकारी ठगी अभियोगमा मात्रै मुद्दा दर्ता गरेको छ भने अन्य १२ जनाविरुद्ध संगठित अपराध अन्तर्गत पनि मुद्दा लगाइएको छ।

यसअघि, गत असोज ८ गते १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी अर्को मुद्दा दायर भइसकेको थियो। रवि लामिछाने यसअघि कास्की, काठमाडौं, र रुपन्देहीका विभिन्न सहकारी प्रकरणमा धरौटी तिरेर छुटिसकेका थिए। अब वीरगञ्जको सानो पाइला सहकारी प्रकरणमा पनि उनीविरुद्ध अनुसन्धान भइरहेको बताइएको छ।

 

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...