News Portal

चन्द्रागिरिमा गाडी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चुनदेवी चोकमा मोटरसाइकल र गाडी आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ।

संगीता गुरुङ
३९० पटक

माघ २२, काठमाडौं – चन्द्रागिरि नगरपालिका–९, चुनदेवी चोकमा मोटरसाइकल र गाडी आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ।

बागमती प्रदेश ०२–०४६ प ७१२९ नम्बरको मोटरसाइकलका चालक ३९ वर्षीय कुमार श्रेष्ठको उक्त दुर्घटनामा मृत्यु भएको हो। गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि सतुंगलस्थित एपीएफ अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार अर्की एक महिला पनि घाइते भएकी छन्। उनको ललितपुरस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ।

बा ४ ख १७० नम्बरको गाडी र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...