News Portal

चन्द्रागिरिमा गाडी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चुनदेवी चोकमा मोटरसाइकल र गाडी आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ।

संगीता गुरुङ
२७३ पटक

माघ २२, काठमाडौं – चन्द्रागिरि नगरपालिका–९, चुनदेवी चोकमा मोटरसाइकल र गाडी आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ।

बागमती प्रदेश ०२–०४६ प ७१२९ नम्बरको मोटरसाइकलका चालक ३९ वर्षीय कुमार श्रेष्ठको उक्त दुर्घटनामा मृत्यु भएको हो। गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि सतुंगलस्थित एपीएफ अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार अर्की एक महिला पनि घाइते भएकी छन्। उनको ललितपुरस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ।

बा ४ ख १७० नम्बरको गाडी र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...