News Portal

अब घरायसी ग्यास प्रयोगकर्तालाई अनुदान उपलब्ध गराइने

नेपाल आयल निगमले घरायसी प्रयोजनका एलपी ग्यासमा अनुदान दिने तयारी गरेको छ।

संगीता गुरुङ
२५३ पटक

माघ २१, काठमाडौँ – नेपाल आयल निगमले घरायसी प्रयोजनका एलपी ग्यासमा अनुदान दिने तयारी गरेको छ। व्यावसायिक र घरायसी प्रयोजनका लागि ग्यास परल मूल्यमा बिक्री गर्ने योजनासँगै निगमले घरायसी प्रयोगकर्तालाई अनुदान दिन सफ्टवेयर प्रणाली निर्माणको प्रक्रिया अघि बढाएको छ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार अनुदान वितरणको लागि राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गर्दै सफ्टवेयर निर्माण भइरहेको छ। सो सफ्टवेयरमा घरायसी प्रयोजनका उपभोक्तालाई सहभागी गराई अनुदान उपलब्ध गराइनेछ। छलफलपछि वार्षिक रूपमा एक परिवारलाई ८ वटा सिलिन्डरसम्म अनुदान दिने निर्णय भएको छ।

हाल निगमले प्रतिसिलिन्डर ३२२ रुपैयाँ घाटा व्यहोरेर ग्यास बिक्री गरिरहेको छ। अब घाटा न्यूनीकरण गर्न व्यावसायिक प्रयोजनका लागि परल मूल्य लागू गरिनेछ भने घरायसी प्रयोजनमा उपभोग हुने ग्यासमा अनुदान दिइनेछ। उपभोक्ताले खरिद गर्दा परल मूल्यमै तिर्ने व्यवस्था हुनेछ, जसअनुसार बिल सफ्टवेयरमा अपलोड गरेपछि स्वीकृति प्राप्त भएपछि अनुदान रकम उपभोक्ताको खातामा ट्रान्सफर गरिनेछ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले माघ महिनाभित्र अनुदान लागू गरिने घोषणा गरेका थिए। हाल सफ्टवेयर निर्माणको काम चलिरहेको र फागुन महिनाको अन्त्यसम्म अनुदान वितरण प्रक्रिया सुरु हुने प्रवक्ता ठाकुरले जानकारी दिए।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालमा करिब ४४ प्रतिशत जनसंख्याले घरायसी प्रयोजनका लागि ग्यास प्रयोग गर्छन्। हाल वार्षिक रूपमा करिब ५ लाख मेट्रिक टन एलपी ग्यास खपत हुने गरेको छ। अनुदान लागू भएपछि घरायसी उपभोक्तालाई राहत पुग्ने तथा निगमको घाटा पनि घट्ने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...