News Portal

अब घरायसी ग्यास प्रयोगकर्तालाई अनुदान उपलब्ध गराइने

नेपाल आयल निगमले घरायसी प्रयोजनका एलपी ग्यासमा अनुदान दिने तयारी गरेको छ।

संगीता गुरुङ
१९० पटक

माघ २१, काठमाडौँ – नेपाल आयल निगमले घरायसी प्रयोजनका एलपी ग्यासमा अनुदान दिने तयारी गरेको छ। व्यावसायिक र घरायसी प्रयोजनका लागि ग्यास परल मूल्यमा बिक्री गर्ने योजनासँगै निगमले घरायसी प्रयोगकर्तालाई अनुदान दिन सफ्टवेयर प्रणाली निर्माणको प्रक्रिया अघि बढाएको छ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार अनुदान वितरणको लागि राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गर्दै सफ्टवेयर निर्माण भइरहेको छ। सो सफ्टवेयरमा घरायसी प्रयोजनका उपभोक्तालाई सहभागी गराई अनुदान उपलब्ध गराइनेछ। छलफलपछि वार्षिक रूपमा एक परिवारलाई ८ वटा सिलिन्डरसम्म अनुदान दिने निर्णय भएको छ।

हाल निगमले प्रतिसिलिन्डर ३२२ रुपैयाँ घाटा व्यहोरेर ग्यास बिक्री गरिरहेको छ। अब घाटा न्यूनीकरण गर्न व्यावसायिक प्रयोजनका लागि परल मूल्य लागू गरिनेछ भने घरायसी प्रयोजनमा उपभोग हुने ग्यासमा अनुदान दिइनेछ। उपभोक्ताले खरिद गर्दा परल मूल्यमै तिर्ने व्यवस्था हुनेछ, जसअनुसार बिल सफ्टवेयरमा अपलोड गरेपछि स्वीकृति प्राप्त भएपछि अनुदान रकम उपभोक्ताको खातामा ट्रान्सफर गरिनेछ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले माघ महिनाभित्र अनुदान लागू गरिने घोषणा गरेका थिए। हाल सफ्टवेयर निर्माणको काम चलिरहेको र फागुन महिनाको अन्त्यसम्म अनुदान वितरण प्रक्रिया सुरु हुने प्रवक्ता ठाकुरले जानकारी दिए।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालमा करिब ४४ प्रतिशत जनसंख्याले घरायसी प्रयोजनका लागि ग्यास प्रयोग गर्छन्। हाल वार्षिक रूपमा करिब ५ लाख मेट्रिक टन एलपी ग्यास खपत हुने गरेको छ। अनुदान लागू भएपछि घरायसी उपभोक्तालाई राहत पुग्ने तथा निगमको घाटा पनि घट्ने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...