News Portal

तनहुँमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु, दुई घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

संगीता गुरुङ
२७१ पटक

२१ माघ, काठमाडौं – तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ क ५८९६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र.३ ०१–०२२ च ६७७८ नम्बरको कार र ग १८ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा पोखरा महानगरपालिका–३२, कास्कीकी ४१ वर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। गम्भीर घाइते अवस्थामा उनलाई जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारा लगिएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

स्कुटर चालक २१ वर्षीय दीपेश क्षेत्री, जो मृतक अप्सरा क्षेत्रीका छोरा हुन्, सामान्य घाइते भएका छन्। त्यस्तै, दुर्घटनामा कार चालक ३१ वर्षीय महेश पौडेल पनि घाइते भएका छन्। शुक्लागण्डकी नगरपालिका–११, साँखेका पौडेलको दायाँ हातमा सामान्य चोट लागेको र उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ।

यसैबीच, टिपर चालक प्रकाश गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी धादिङको नीलकण्ठ नगरपालिका–२, भुलभुलेका ४० वर्षीय रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...