News Portal

अंग्रेजी नयाँ वर्षको पहिलो महिनामा ७९ हजार ९९१ पर्यटक नेपाल भित्रिए

अंग्रेजी नयाँ वर्षको पहिलो महिनामा ७९ हजार ९९१ पर्यटक नेपाल भित्रिएका छन्।

समिर कुमार अधिकारी (द्रुपद)
२७७ पटक

माघ २०, काठमाडौँ – विश्वका अधिकांश देशमा पर्यटकीय गतिविधि उच्च रहे पनि नेपालले सन् २०१९ को स्तर बराबर पर्यटक भित्र्याउन सकेको छैन।

सन् २०१९ को जनवरीमा ८१ हजार २७३ पर्यटक नेपाल आएका थिए। तुलनात्मक रूपमा, सन् २०२४ को जनवरीमा ७९ हजार ९९१ पर्यटक भित्रिएका छन्, जुन २०१९ को संख्याको ९८ प्रतिशत मात्र हो। सन् २०२३ को यही महिनामा ७९ हजार १०० पर्यटक आएका थिए।

यस वर्षको जनवरीमा नेपाल आएका पर्यटकमध्ये भारतबाट २० हजार ४८५, चीनबाट ८ हजार १९१, अमेरिकाबाट ८ हजार ६३, बंगलादेशबाट ५ हजार ४०६, अष्ट्रेलियाबाट ४ हजार ३०१, दक्षिण कोरियाबाट ३ हजार ७५६, र बेलायतबाट ३ हजार ५२१ जना रहेका छन्।

गत वर्षको तुलनामा बंगलादेशबाट आउने पर्यटकको संख्या ४८ प्रतिशतले वृद्धि भएको छ भने भारतीय पर्यटकको आगमन १५ प्रतिशतले घटेको छ। सार्क राष्ट्रहरूबाट आउने कुल पर्यटकको संख्या पनि ४.३ प्रतिशतले घटेको छ।

प्रतिकृया दिनुहोस्

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकाका लागि भुजुङ हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं, पुष ३ – भुजुङ हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ।...