News Portal

नेपाली कांग्रेस नेता अच्युत कलौनी मृत फेला, घटनाबारे अनुसन्धान जारी

नेपाली कांग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी शनिबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोक नजिक मृत अवस्थामा फेला परेका थिए।

संगीता गुरुङ
२११ पटक

माघ २०, धनगढी – नेपाली कांग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी शनिबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोक नजिक मृत अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार, उनी शुक्रबार साँझ धनगढीबाट महेन्द्रनगर पुगेका थिए। मदन चोकमा साथीहरूसँग छुट्टिएपछि एक्लै हिँडेर घर जाने भन्दै गाडीबाट ओर्लिएका थिए। सीसीटीभी फुटेजअनुसार राति करिब साढे ९ बजे उनी सडक किनारमा हिँडिरहेका देखिए पनि शव भेटिएको स्थानमा क्यामेरा नपुगेका कारण घटनाको यकिन विवरण खुल्न सकेको छैन।

शव परीक्षण महाकाली प्रादेशिक अस्पतालमा भेरी प्रादेशिक अस्पतालका विशेषज्ञ टोलीले गरेको छ। प्रारम्भिक परीक्षणमा बाहिरी चोटपटक देखिएको छैन। थप अनुसन्धानका लागि भिसेरा परीक्षणको नमुना संकलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि, विज्ञान प्रयोगशालामा पठाइनेछ। मृतकका परिवारले हत्या भएको आशंका व्यक्त गरेका छन्। विशेष गरी, उनको मोबाइल फोन अहिलेसम्म फेला नपर्नुले परिवारलाई शंका उब्जाएको छ। प्रहरीले घटनाका सबै पक्षलाई ध्यानमा राख्दै अनुसन्धान गरिरहेको जनाएको छ।

कलौनीको पार्थिव शरीर आइतबार नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा राखी गृहमन्त्री रमेश लेखकसहित पार्टीका नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले अनुसन्धान अघि बढाएको छ भने प्रहरीले कलौनीसँग रहेका साथीहरूसँग सोधपुछ गरिरहेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...