News Portal

गैरआवासीय नेपाली संघको विधान संशोधनबारे नयाँ प्रावधान

गैरआवासीय नेपाली संघको विधान संशोधनबारे नयाँ प्रावधान अघि सार्दै, अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी सदस्यहरूको दुई तिहाई बहुमतबाट संशोधन गर्न सकिने व्यवस्था गरिएको छ।

संगीता गुरुङ
२७० पटक

माघ २०, काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान २००३ संशोधनसम्बन्धी नयाँ कार्यविधि अघि सारिएको छ। कार्यविधिको १६ औं बुँदामा अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी सदस्यहरूको दुई तिहाई बहुमतबाट विधान संशोधन गर्न सकिने प्रावधान समेटिएको छ।

त्यस्तै, कार्यविधिमा कुनै दुविधा उत्पन्न भए त्यसको व्याख्या गर्ने अधिकार नेपाल सरकारले तोकेको न्याय सेवाका प्रथम श्रेणीका अधिकृतसहितको बैठकमा रहने व्यवस्था गरिएको छ। यद्यपि, नेपाल सरकारले हालसम्म औपचारिक रूपमा सो पदका लागि सरकारी अधिकृत तोकेको छैन।

सदस्यता विवादसम्बन्धी विषयमा भने कार्यविधिले सरकारद्वारा तोकिएको अधिकृतको निर्णयलाई अन्तिम मान्यता दिने व्यवस्था गरेको छ। यसै विषयमा सरोकारवालाहरूले सरकारको चाँडो निर्णय आवश्यक रहेको बताएका छन्।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...