News Portal

निलम्बित सांसद रवि लामिछाने संसदीय दलको कार्यालय जाँदै, सभामुख घिमिरेसँग भेट्ने तयारी

निलम्बित सांसद रवि लामिछाने आज सिंहदरबारस्थित संसदीय दलको कार्यालय जाँदैछन् भने उनले आजै सभामुख देवराज घिमिरेसँग भेट्ने कार्यक्रम समेत रहेको छ।

संगीता गुरुङ
३४३ पटक

१८ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद रवि लामिछाने आज सिंहदरबारस्थित संसदीय दलको कार्यालय जाँदैछन्। संघीय संसद्को हिउँदे अधिवेशन प्रारम्भ हुनु अघि उनले पार्टीका सांसदहरूसँग छलफल गर्ने तयारी गरेका छन्।

रास्वपा स्रोतका अनुसार लामिछानेले आजै सभामुख देवराज घिमिरेसँग भेट्ने कार्यक्रम समेत रहेको छ। स्रोतले जनाएको छ, “सभापतिज्यू अहिले संसदीय दलको कार्यालय पुग्दै हुनुहुन्छ। उहाँले सांसदहरूसँग छलफल गरेपछि सभामुख घिमिरेलाई भेट्नुहुनेछ।”

संसद् बैठक सुरु हुनुअघि लामिछानेले सांसदहरूलाई समसामयिक विषयमा जानकारी दिने र आगामी भूमिकाबारे ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ।

गत पुस ८ गते संसद् सचिवालयले लामिछानेलाई सांसद पदबाट निलम्बन गरेको थियो।

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...