News Portal

चिकित्सकहरू आन्दोलित: ‘पेन डाउन’ सहित माइतीघरमा प्रदर्शनको तयारी

सरकारीसरह पारिश्रमिकको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरूले आज ‘पेन डाउन’ सहित विरोध प्रदर्शन गर्दै छन्।

संगीता गुरुङ
१७९ पटक

माघ १८, काठमाडौं – सरकारीसरह पारिश्रमिकको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरूले आज ‘पेन डाउन’ सहित विरोध प्रदर्शन गर्दै छन्।

‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नेतृत्वमा रहेका चिकित्सकहरूले बिहान ९ देखि १० बजेसम्म कलम बन्द गर्ने (पेन डाउन) र आफ्ना संस्थाहरूमा एप्रोनसहित प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन्।

काठमाडौं उपत्यकामा रहेका चिकित्सकहरू दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गर्ने संघर्ष समितिका प्रवक्ता डा. सञ्जय बरालले जानकारी दिए।

चिकित्सकहरूले इन्टर्न, एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक सरकारी सरह बनाउनुपर्ने माग राख्दै आएका छन्। साथै, सम्पूर्ण पीजी कार्यक्रमहरू पूर्ण रूपमा शुल्करहित र बन्डरहित बनाउनुपर्ने उनीहरूको माग छ।

समितिले आफ्ना माग सम्बोधन नभए अत्यावश्यक सेवाबाहेक सबै सेवा बहिष्कार गर्ने चेतावनीसमेत दिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...