News Portal

मोरङमै रंगेली अस्पताल उत्कृष्ट, हात्तीपाईले रोगका लागि परामर्श केन्द्र स्थापना

मोरङभरिकै उत्कृष्ट अस्पतालको रूपमा रंगेली अस्पताल रहेको हुनाले स्वास्थ्य सेवा विभागले मोरङ जिल्लाबाट रंगेली अस्पताललाई छनोट गरी यो केन्द्र स्थापना गरेको हो।

रबिन्द्र बराल
२३१ पटक

माघ १७, मोरङ – उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण” भन्ने मूल नाराका साथ विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा रंगेली अस्पतालमा एक कार्यक्रमको आयोजना गरिएको थियो।

रंगेली अस्पतालमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ५ का अध्यक्ष महानन्द मण्डल, अस्पतालका मेसु बसन्त कुमार साह, अस्पताल समितिका सदस्य पुरुषोत्तम काफ्ले, स्वास्थ्य कार्यालय मोरङका राम कुमार लामा, फेयर मेड नेपालका मनिष सुवेदी, शोभा गुरुङ, करुणा फाउन्डेसनका अंकित पाठक, सहारा नेपालका प्रतिनिधि सौरभ बगाले, नरेश सिंह लगायतको सहभागिता रहेको थियो।

रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका, कानेपोखरी गाउँपालिका लगायत मोरङभरिका हात्तीपाईले प्रभावित अपांगता रोकथाम तथा हेरचाह केन्द्रको स्थापना रंगेली अस्पतालमा गरिएको छ। मोरङभरिकै उत्कृष्ट अस्पतालको रूपमा रंगेली अस्पताल रहेको हुनाले स्वास्थ्य सेवा विभागले मोरङ जिल्लाबाट रंगेली अस्पताललाई छनोट गरी यो केन्द्र स्थापना गरेको हो।

हात्तीपाईले रोगका लागि रंगेली अस्पतालमा विशेष डाक्टर र परामर्शदाता सहित प्रत्येक हप्ताको सोमबार र बिहीबार सेवा प्रदान गरिने कार्यक्रम रहेको जानकारी अपांगता रोकथाम तथा हेरचाह केन्द्रका फोकल स्वास्थ्यकर्मी शेखर राजवंशीले दिएका छन्।

बिरामीहरूले रंगेलीमा परामर्श केन्द्र स्थापना गरिएकोमा खुसी व्यक्त गर्दै यसले आफूहरूलाई सहजता प्रदान गरेको बताएका छन्। साथै, भविष्यमा सम्पूर्ण उपचार निःशुल्क गरिनुपर्ने मागसमेत अतिथिहरूसमक्ष राखिएको छ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...