News Portal

नेपाल पत्रकार महासंघद्वारा सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति गम्भीर आपत्ति

नेपाल पत्रकार महासंघले सरकारले संघीय संसद्‌मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक का केही प्रावधानप्रति गम्भीर असहमति जनाएको छ।

संगीता गुरुङ
१८१ पटक

१६ माघ, काठमाडौं – नेपाल पत्रकार महासंघले सरकारले संघीय संसद्‌मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक का केही प्रावधानप्रति गम्भीर असहमति जनाएको छ। महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने प्रावधानहरू समावेश गर्दै विधेयक अगाडि बढाइएको भन्दै कडा आपत्ति प्रकट गरेको हो।

महासंघका अनुसार सरकारले सरोकारवालासँग सामान्य छलफलसमेत नगरी नागरिकको बोल्न पाउने संवैधानिक हक नियन्त्रण गर्ने खालका व्यवस्थाहरू विधेयकमा राखेको देखिन्छ। यसबारे नागरिकस्तरबाट पनि गम्भीर प्रश्नहरू उठिरहेका छन्। यदि विधेयकमा आवश्यक संशोधन नगरिएमा यो नियमनको नाममा नियन्त्रणको कानुन बन्ने चेतावनी महासंघले दिएको छ।

महासंघका महासचिव रामप्रसाद दाहाल द्वारा जारी विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता, मानवअधिकारका मापदण्ड, संवैधानिक प्रावधान तथा प्रचलित अभ्यास अनुरूप विधेयक परिमार्जन गर्न माग गरिएको छ। संवाद र परामर्शबिना विधेयक पारित भएमा त्यसको कडा विरोध गरिने महासंघले स्पष्ट पारेको छ।

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि कानुन अस्वीकार्य हुने भन्दै सरकारलाई विधेयकको विवादास्पद प्रावधानहरू पुनरावलोकन गर्न आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...