News Portal

नेपाल पत्रकार महासंघद्वारा सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति गम्भीर आपत्ति

नेपाल पत्रकार महासंघले सरकारले संघीय संसद्‌मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक का केही प्रावधानप्रति गम्भीर असहमति जनाएको छ।

संगीता गुरुङ
२४२ पटक

१६ माघ, काठमाडौं – नेपाल पत्रकार महासंघले सरकारले संघीय संसद्‌मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक का केही प्रावधानप्रति गम्भीर असहमति जनाएको छ। महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने प्रावधानहरू समावेश गर्दै विधेयक अगाडि बढाइएको भन्दै कडा आपत्ति प्रकट गरेको हो।

महासंघका अनुसार सरकारले सरोकारवालासँग सामान्य छलफलसमेत नगरी नागरिकको बोल्न पाउने संवैधानिक हक नियन्त्रण गर्ने खालका व्यवस्थाहरू विधेयकमा राखेको देखिन्छ। यसबारे नागरिकस्तरबाट पनि गम्भीर प्रश्नहरू उठिरहेका छन्। यदि विधेयकमा आवश्यक संशोधन नगरिएमा यो नियमनको नाममा नियन्त्रणको कानुन बन्ने चेतावनी महासंघले दिएको छ।

महासंघका महासचिव रामप्रसाद दाहाल द्वारा जारी विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता, मानवअधिकारका मापदण्ड, संवैधानिक प्रावधान तथा प्रचलित अभ्यास अनुरूप विधेयक परिमार्जन गर्न माग गरिएको छ। संवाद र परामर्शबिना विधेयक पारित भएमा त्यसको कडा विरोध गरिने महासंघले स्पष्ट पारेको छ।

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि कानुन अस्वीकार्य हुने भन्दै सरकारलाई विधेयकको विवादास्पद प्रावधानहरू पुनरावलोकन गर्न आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...